मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अबदेखि गर्भभित्रको बच्चालाई पनि अंश दिनुपर्ने नियम

अबदेखि गर्भभित्रको बच्चालाई पनि अंश दिनुपर्ने नियम


काठमाडौँ । सुन्दा अचम्म लागन सक्छ, गर्भभित्रको बचचाले पनि कहीँ अंश पाउँछ ? हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछिमात्रै भागबण्डा लगाउने गरिन्थ्यो । तर, अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने सौभाग्य प्राप्त गर्नेछन् । 
 
आगामी भदौ १ देखि नै लागू हुन लागेको मुलुकी देवानी ९संहिता०, २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था आएको हो । 
 
सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था अहिले थियो । तर, अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । 
 
अधिवक्ता मीरा ढुंगानाका अनुसार समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्यौँ, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, यो निकै निकै राम्रो व्यवस्था हो । 
 
आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुने उनको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ ।
 
वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । अंशबण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ । यदि बच्चा मृत जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने पाठकले भनिन् ।