मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन कोलोराडो च्याप्टर द्वारा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने साँझ आयोजना हुँदै

एनआरएन कोलोराडो च्याप्टर द्वारा चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने साँझ आयोजना हुँदै


कोलोराडो (अमेरिका)- कोलोराडो एनआरएन कोलोराडो च्याप्टर तथा एन आर एन हेल्प डेस्कको संयुक्त आयोजनामा कोलोराडोको वेष्टमिनस्टर स्थित याक एंड यती रेस्टूरेण्टमा लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने साँझ आयोजना हुने भएको छ । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. सुनिल शाहको प्रमुख आतिथ्यमा हुने यस कार्यक्रममा नेपाली लोकगीतका हस्ती श्री पुरुषोत्तम न्यौपानेको बेजोड़ प्रस्तुति रहने कुरा एनआरएन हेल्प डेस्कका केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक वासुदेव खनालले बताएका छन् 
 
सरर पानी घट्टमा, ऐना हेरेर, झिल झील सितारा, म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा, मिर्मिरे मुनि काली थुनेको, फुलको वासना, रुन्छ नि मन किन रुँदैन, घाम जस्तो चम्किलो जुन हुँदैन जस्ता सयौँ गीतमा आफ्नो आवाज दिएका गायक पुरुषोत्तम न्यौपानेले कोलोराडोमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका हुन् । 
 
वेष्ट मिनिस्टर स्थित याक एण्ड यति रेस्टुरेन्टमा शनिवार १८ अगस्तका दिन साँझ ६ बजेबाट १० बजे सम्म चल्ने उनको प्रस्तुति हेर्नका लागि आयोजकहरूले १५ डलर तिरेर प्रवेश शुल्कको व्यवस्था गरेका छन् । उक्त १५ डलरमा निःशुल्क खानाको पनि व्यवस्था गरिएको जानकारी एन आर एन कोलोराडो च्याप्टर अध्यक्ष राज ढुङ्गानाले बताएका छन् ।  
 
यस कार्यक्रमबाट उठेको रकम खर्च कटाएर भर्खरै सड़क दुर्घटनामा घाइते भएका विद्यार्थी मनोज पन्त लाई सहयोग गरिने भएको हुँदा कोलोराडो बासी नेपालीहरू उक्त कार्यक्रममा आउनु हुन एन आर एन कोलोराडो च्याप्टरका उपाध्यक्ष तथा हेल्प डेस्क कोलोराडो संयोजक कुमार जंग कार्कीले सबैलाई हार्दिक अनुरोध गरेका छन् ।
 
तीजको नजिकदैगर्द गायक न्यौपानेको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित हुनुको अर्को पक्ष यो हो की गायक पुरुषोत्तम न्यौपाने नै हुन् जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गरे । उनी र प्रजापति पराजुलीले सुरुवात गरेको तिज गीतमा पुरुष आवाज राखिने चलनले अहिले ब्यापकता पाएको छ ।
 
हिजो आजको प्राय सबै गीतमा पुरुष आवाज र अभिनयले ब्यापकता पाउनुको श्रेय पनि गायक पुरुषोत्तम न्यौपानेलाई नै जान्छ । त्यस्तै नजिकै आउन लागेको तीजको पूर्व सन्ध्यामा सम्पूर्ण दिदी बहिनीहरूलाई उपस्थित भई नाचगान गर्दै सुखदुख: साटासाट गर्न एन आर एन कोलोराडो च्याप्टर महिला संयोजक यमुना के.सी. ले पनि विशेष आग्रह गरेकी छन् !
 
यसैगरी एन आर एन कोलोराडो च्याप्टरका सचिव आर. सी. पन्तले एक विज्ञप्ति जारी गर्दै कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।