मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पेप्सीको कि चर्चित महिला सिईओ इन्दिरा नुईले पद छाड्ने

पेप्सीको कि चर्चित महिला सिईओ इन्दिरा नुईले पद छाड्ने


हिमालयख खवर संवाददाता 
अमेरिका – अमेरिकाको ठुलो कम्पनी पेप्सीको कम्पनी कि चर्चित प्रमुख कार्यकारी (सीईओ) इन्दिरा नुईले अक्टोबरको पहिलो सातावाट आफ्नो पद छाड्ने भएकी छिन् । उनी ठुला र प्रभावशाली फरच्यून ५०० कम्पनीलाई नेतृत्व गर्ने उत्कृष्ट महिला लिईन ।  करिव १२ बर्षपछि हाल ६२ बर्ष पुगेकी नुईले पद छाड्न लागेकी हुन् । तर, सन् २०१९ का केही महिना कम्पनीको अध्यक्षभने रहिरहने छिन् । चिसो पय पदार्थ र लेज जस्ता तयारी खाना विक्री गर्ने पेप्सीमा नुई पहिलो सीईओ भएकी थिईन ।
 
पेप्सीलाई नेतृत्व गर्न पाउनु आफ्नो जीवनको सवैभन्दा ठुलो सम्मान भएको उनले वताएकी छिन् । आफुले शेयरधनी लगायत सवैको सम्बन्धित पक्षको हितका लागि काम गरेको उनीले दावी गरिन् । 
 
भारतमा जन्मेकी नुई प्रभावशाली कम्पनीलाई नेतृत्व गर्ने हात गन्न सकिने अल्पसंख्यक र महिला मध्ये एक भएको सीएनएनले टिप्पणी गरेको छ । नुईले आफ्नो कार्यकालमा कम्पनीलाई व्यापक रुपमा विस्तार गर्न सफल भईन । जसका कारण उनको १२ बर्षे कार्यकालमा कम्पनीका उत्पादनको विक्री ८० प्रतिशतले बृद्धि भयो । उनी पेप्सीलाई वातावारणीय अनुकुल कम्पनी वनाउनपनि सफल भईन । 
 
भारतको गाउंमा हुर्केकी मैले विश्वकै सवैभन्दा उत्कृष्ठ मध्येमा पर्ने कम्पनीको नेतृत्व गर्छु भन्ने कहिले सोचेकी थिईन उनले भनिन् । उनको कार्यकालमा भारतमा पनि पेप्सीको कारोबार निकै विस्तार भएको थियो । 
 
नुईले छाडेपछि यस्ता ठुला र प्रभावशाली कम्पनी नेतृत्व गर्ने महिलाको संख्या २४ मात्र हुने छ । तस्बिर: सामाजिक संजाल