मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतवार २४ घण्टामा सिकागोमा ४४ व्यक्ति माथि गोली प्रहार, ५ को मृत्यु

आइतवार २४ घण्टामा सिकागोमा ४४ व्यक्ति माथि गोली प्रहार, ५ को मृत्यु


हिमालयखवर संवाददाता
अमेरिका – गत आइतवार अमेरिकाको चर्चित र ठुलो शहर मध्ये एक सिकागोका लागि अत्याधिक अपराध भएको दिन वन्यो ।
 
त्यस दिन २४ घण्टामा ४४ व्यक्ति माथि गोली प्रहार भयो । यसमा पाँचले ज्यान गुमाए । प्रहरीको रेकर्ड अनुसार राती साढे १ बजेपछिको तीन घण्टामा भएका १० घटनामा ३० जना माथी गोली प्रहार भयो र यसमा २ जनाले ज्यान गुमाए ।
 
सिकागो प्रहरी प्रमुख फ्रेड वालरले आइतवार अपराध वढ्नुमा ग्याग फाइट लगायतका कारण भएको वताएका छन् । एउटा घटनामा बन्दुकधारीले सडकमा भईरहेको भिडभाड युक्त पार्टीमा गोली चलाएका थिए ।  आइतवारको गोली प्रहारमा ६२ देखि ११ बर्ष सम्मका बालक घाइते भएका छन् । 
 
सिकागोले केही बर्ष यता उच्च अपराधका घटनासँग जुधिरहेको छ । प्रहरी प्रमुख वालका अनुसार सन् २०१७ मा यस्ता गोली प्रहारका  घटनामा ३० प्रतिशत कमी आएको छ । त्यहाँ गर्मी मौसममा वढी अपराध हुने गरेको बताईको छ । फोटो: सामाजिक संजाल