मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सेवाग्राहीसँग घूस लिँदालिँदै मालपोत प्रमुख पक्राउ

सेवाग्राहीसँग घूस लिँदालिँदै मालपोत प्रमुख पक्राउ


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घूससहित पक्राउ परेका छन् । 
 
उनलाई अख्तियारको टोलीले शुक्रबा दिउँसो सेवाग्राहीबाट घूस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घूस रकमसहित नियन्त्रणमा लिएको हो । 
 
अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताए । मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन् ।
 
उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।