मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नदीमा ट्याक्सी खस्दा आमाछोरा बेपत्ता

नदीमा ट्याक्सी खस्दा आमाछोरा बेपत्ता


म्याग्दी । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । 
 
बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । 
 
बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए । 
 
नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्ष्टिच्यूटको हो । इन्ष्टिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रासस