मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अोली सरकारलाइ अमेरिकाबाट कांग्रेसको ज्ञापनपत्र

अोली सरकारलाइ अमेरिकाबाट कांग्रेसको ज्ञापनपत्र


वासिङटन डिसी (अमेरिका) – नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति अमेरिकाले मंगलबार नेपाल सरकार विरूध्द अमेरिकाबाट ज्ञापनपत्र बुझाएको छ । 
 
नेपाली कांग्रेसले देशव्यापी रुपमा सरकार विरुद्ध गरेको प्रदर्शन लगत्तै अमेरिकाबाट पनि सरकार विरुद्ध ज्ञापन पत्रमार्फत विरोध भएको हो । जनसम्पर्क समिति, अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास र न्यूयोर्कस्थित महावाणिज्यदूतावासको कार्यालयमा बुधवार एकै दिन ज्ञापन पत्र बुझाएर बिरोध गरेको हो । 
 
कम्युनिष्ट सरकारको लोकतन्त्र विरोधी गतिविधिको विरोध र लोकतन्त्रका स्थापित मूल्य,मान्यता र संवैधानिक अधिकारको रक्षाका लागि खबरदारी गर्न पार्टीको निर्देशन अनुरुप यस्तो ज्ञापन पत्र बुझाइएको जनसम्पर्क समितिले जनाएको छ ।
 
बुधवार समितिका केन्द्रीय सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ्गको नेतृत्वमा गएको समितिको प्रतिनिधि मण्डलले न्यूयोर्कस्थित महावाणिज्य दूतावासको कार्यालयका वाणिज्यदूत पुष्पकुमार भट्टराईलाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो । 
 
यसैगरी समितिका उप सभापति केशब बरालको नेतृत्वमा गएको अर्को प्रतिनिधि मण्डलले नेपाली राजदूतावास वासिंगटन डिसीस्थित कार्यालयमा दूतावासका उप नियोग प्रमूख जीवनप्रकाश श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो । 
 
विरोध किन ?
सरकारद्वारा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण राज्यआतंक, अनियन्त्रित बजार मूल्यवृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप,प्रेस र  स्वतन्त्र न्यायपालिका माथि गरेको ठाडो आक्रमण लगायत संविधानको मर्म र भावनालाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नीतिको नेपाली जनसम्पर्क समिति अमेरिकाले विरोध गर्दै ज्ञापन पत्र बुझाएको समितिका सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य विष्टले जनाएका छन् ।
 
को को थिए सहभागी ?
न्यूयोर्कमा अध्यक्ष विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा समितिका महासचिव मुनिन्द्र नेम्वाङ्ग,सचिव भोजराज थोकर,केन्द्रीय सदस्य सुवास लामा, न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव बानियाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन विश्वकर्मा लगायत सहभागी थिए । 
 
यता डिसीस्थित दूतावास पुगेको प्रतिनिधि मण्डलमा कांग्रेस नेता एवं पूर्वमन्त्री रेवतीप्रसाद भुषाल, जनसम्पर्क समितिका उपसभापति केशब बराल,समितिका केन्द्रीय सदस्यद्वय गोपाल विश्वकर्मा र गौतम दाहाल,न्यू मेक्सिको च्याप्टरका पूर्व सभापति डाक्टर देशराज संयोक, कांग्रेस नेता एवं राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्णबहादुर चुनारा,कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि खड्गबहादुर सुनार,समितिका सदस्यहरु भरत रेग्मी,भरत बराइली लगायत थिए ।