मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जोशीको नाम अनुमोदनबारे संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

जोशीको नाम अनुमोदनबारे संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन


काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ । 
 
सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा नगर्ने निष्कर्ष निकाल्नका लागि प्रक्रियामा जानुपर्ने संवैधानिक व्यवस्था भए पनि काँग्रेसका सांसदले त्यसमा जान नमानेपछि समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको छ । 
 
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद तथा समितिका सदस्य योगेश भट्टराईले भन्नुभयो, “सहमतिका लागि प्रयास गरियो, नभएपछि प्रक्रियामा मतदानबाट जाऔँभन्दा काँगे्रसका सांसदले मान्नु भएन ।” 
 
प्रक्रियामा जान खोज्दा काँग्रेस सांसदले आफूहरुलाई छलफलका लागि थप समय माग गरेपछि शुक्रबारका लागि बैठक सरेको उनले जानकारी दिए । प्रक्रियामा गएर नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने नेकपा सांसदको तयारी छ भने सहमतिमै गएर निष्कर्ष निकाल्नुपर्ने काँग्रेस सांसदको भनाइ छ । 
 
प्रक्रियामा गए बैठक नै बहिष्कार गर्ने काँग्रेस सांसदको अडानले समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको हो । 
 
काँग्रेस सांसद तथा समितिका सदस्य भीमसेनदास प्रधानले सहमतिका लागि प्रयास गर्दागर्दै थप छलफल गर्नका लागि समय आवश्यक भएको हुँदा निर्णय हुन नसकेको जानकारी दिए । 
 
उनले भने, “बैठकमा सहमतिकै लागि प्रयास भयो, मिलाउन खोज्दाखोज्दै पनि बैठकमा यो बिषय औपचारिकरुपमा प्रवेश नै पाएन ।” 
 
बैठकले सहमतिबाटै निष्कर्ष निकाल्ने प्रयास ग¥यो, समितिका संयोजक लक्ष्मणलाल कर्णले भने, “सहमतिमा वा प्रक्रियामा गए पनि सर्वसम्मत गरौँ भन्नेमा जोड छ, सहमति नभए नियमावलीले दिएको प्रक्रियाअनुसार शुक्रबार निर्णय हुन्छ ।” 
 
समितिले यही साउन १० गते प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गरेको थियो । आजसम्म चारपटक समितिको बैठक बस्यो तर जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेमा भन्ने निर्णय लिन सकिएको छैन् । 
 
बुधबार अपराह्न ३ः३० बजेका लागि बोलाइएको समितिको बैठक ६ बजेर ५ मिनेटमा शुरु भएको थियो । शुक्रबारको बैठकमा पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने समितिका संयोजक कर्णले बताए । रासस