मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

दुर्गाहरु

दुर्गाहरु


कति निर्दयी कठोर रैछ हरे तेरो त्यो अन्धो योवन
फक्रनै नपाई निमोठी दियो पापीले कमलो जीवन !
 
कस्तो नियत पापी तेरो कस्तो संवेग बोकी हिँडिस्
पशु भन्दा पनि नीच बनि कोपिला नि किचि छोडिस् ।
 
सरापै लाग्छ भने दैव लागि हालोस् सत्तो श्राप मेरो
शान्ति नपाओस् कहिले पनि त्यो राक्षस आत्माले तेरो !
 
कति पीडा खपिन् होला उनले कति ऑशु झारिन् होला
निरिह बन्दा छोरीको जन्मलाई मनैले धिक्कारिन् होला !
 
सॉच्चै निरिह छैनौ छोरी निरिह हाम्रो कानुन बनेको छ
दुर्गाहरु मिलि मैसासुरको बलि चढाउने दिन आएको छ !
 
(समर्पित बालयौन शोषण र हत्या प्रति)