मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रोल्पाकी मनिषालाई अमेरिकाबाट रक्षाको सहयोग

रोल्पाकी मनिषालाई अमेरिकाबाट रक्षाको सहयोग


पोखरा महानगरपालिका २८ कालिका जन्म भई हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी १९ वर्षीय रक्षा पौडेलले आफ्नो जन्मभुमि नेपालमा अध्यन्रत टुहुरी तथा आर्थिक अवस्था कमजोर भएकी रोल्पा जिल्लाको सुनथहरी गाँउपालिका ७ की वालिका मनिषा रोका मगरलाई कक्षा १० सम्म नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय सितलादेवी मा.वि पोखरामा निशुल्क पढाउने घोषणा गरेकी छन् ।

हाल अमेरिकामा नै रहेकी रक्षा पौडेलले अमेरिका निवासी नेपाली दाजुभाई, दिदीबहिनीहरु तथा अन्य देशका शुभेच्छुकहरुबाट सकंलन गरेको पैसाबाट आउने ब्याजले रक्षाका हजुरवुवा दुर्गा प्रसाद पौडेल मार्फत मनिषाको मासीक फि तथा स्कुलमा पढ्दा लाग्ने अन्य खर्च दिने छन् ।

रक्षाले टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालवालिकाहरु कोही पनि पैसाकै कारणबाट स्कुल जानबाट बन्चीत नहुन भन्ने उध्यस्यले यो सयोग अभियान थालेको बताएकी छन् । उनले आगामी वर्षमा थप गरीव तथा अनाथ बालवालिकालाई निशुल्क पढाउने आफ्नो योजना रहेको बताइन् । रक्षाको यो अभियानमा उनका माता पिताले सय,सय डलर सयोग गरेका छन् भने अमेरिका निवासी पोखराका श्री पराजुलीले पनि सय डलर सयोग गरेका छन् । उनले थालेको यो अभियानमा हाल सम्म जम्मा ११४८ डलर सकंलन भएको छ ।

उनलाई साथ दिने सयोगीहरुमा

मारिया हजारो 100 डलर छेवाङ्ग शेर्पा 50 डलर चेङ्यु चेन्  ( Chengyu Chen ) 15 डलर टोन्य् चेङ्   (Tony Cheng)  10 डलर अदम् क्सु  क्सु  (   Adam Xu) 10 डलर साङ्गे लामा  (   Sangey Lama) 10 डलर आनन्द  बिष्ट  (anand bist) 21 डलर हेमा दर्नाल  (Heema Darnal)  20 डलर वेर्ल्य् यङ्  ( Beverly yang) 15  डलर अभये ढुङ्गेल  ( Avay Dhungel) 20 डलर गम्बु शेर्पा (Gambu Sherpa)  51 डलर राजन कर्माचार्य (Rajan Karmacharya)  10 डलर  केन्डी शेर्पा  (Kandi Sherpa) 10 डलर राजु लामिछाने  (Raju Lamichhane) 31 डलर राजन थपलिया  (Rajan Thapaliya)  15 डलर बिना गुप्ता  (Bina Gupta) 20 डलर बिश्व वास्तोला (Bishwa Bastola)  10 डलर कमल गौतम (Kamal Gautam) 10 डलर इसाबेला डेंट  (Isabella Dente)   25 डलर एरिका ज़मोरा  (Erika Zamora )  80 डलर  सुर्या थापा (Surya Thapa ) 11 डलर क्रिस्टोफर वुड (Christopher Wood)  50 डलर  सुमन पौडेल (suman paudel ) 10 डलर क्रिस्टल गार्सिया (Cristal Garcia )  50 डलर सुर्या  गुरुङ्ग (Surya Gurung )20 डलर कृष्ण पोखरेल  (Krishna Pokhrel) 20 डलर रबि गौतम  (Ravi Gautam) 20 डलर रमेश लहोला (Ramesh Lohala )  10  डलर जङ्ग खड्का (Janga Khadka ) 10 डलर अनिङ्ग  फैन (Aining Fan) 20 डलर टतसी शेर्पा (Tashi Sherpa) 50 डलर सत्य शर्मा { (Satya Sharma )  15 डलर Shawn 10  रेवती लम्साल rebati lamsal $20 हेमलता सुबेदी, $20 र अन्य 20 डलर गरी जम्मा ११४८ डलर उनले सकंलन गरेकी छन् ।

रोल्पा जिल्लाको बिकट गाँउ जेलवाङबाट मिठो सपना बोकेर छोरा छोरीलाई राम्रो स्कुल पढाउने चाहनाले २०६४ सालमा पोखरा झरेका दलजित रोकामगर ज्यामी काम पोखरामा गर्थे । आफुले बरु कम खाएर भए पनि छोरा छोरीलाई जसो तसो राम्रो स्कुलमा पढाउने उनको उध्यस्य थियो । तर दैवको लिला काम गर्ने सिलसिलामा २०७३ साल कार्तिक ७ गते काम गर्दगद्र्रे घरको छतबाट खसेर दलजितको मृत्यु भयो । छोरा छोरीलाई राम्रो स्कुृल पढाउने उनको चाहना अपुरो भयो । उनको मृत्युबाट ज्यामी काम गर्ने उनकी जिवन संगीनी दिल कुमारी रोकामगर तथा नावालक छोराछोरी मनिषा तथा दिपेश विक्षिप्त हुन पुगे ।

श्रीमानको मृत्यु पछी श्रीमती दिलकुमारीलाई पोखरामा आफु र दुई छोरा छोरीलाई कसरी पाल्ने र कसरी पढाउने भन्ने चिन्ता हुन थाल्यो । दलजितका दाजु राम्जी रोकामगर र आमा दिलकुमारी रोकामगरले छोराछोरी कुनै संघ संस्थाले पढाई दिन्छकी भनेर विभिन्न संघ संस्थाहरु चाहार्दे्र हिड्न थाले तर कोही पनि सयोगी मनहरु देखिएनन । उनीहरु निराश भएको रक्षाका अङकंल मनोहरि पौडेलले थाहाँ पाए र अमेरिका निवासी छोरीलाई यो सवै कुरा वताए । रक्षाले गत वर्ष आफ्नो जन्म भुमी कालिकामा सयोग गरेको र यो वर्ष पनि कालिकामा नै सयोग गर्ने सोचाइमा रहेकी थिइन् । तर अङकंल मनोहरि पौडेलको सवै कुरा सुने पछि नेपालको जुन सुकै कुनामा सयोग गरे पनि आफ्नो जन्म भुमीमा नै सयोग गरे समान हुने भएको हुदा रोल्पाकी टुहुरी वच्ची मनिषालाई सयोग गर्ने सोचाइ बनाइन् ।

रक्षाले गत वर्ष पनि आफ्नो टिफिन खर्चवाट जोगाएको पचाँस हजार रुपिया बराबरको शैक्षिक सामाग्रीहरु आफ्नो जन्मभुमि कास्की जिल्लाको पोखरा महानगरपालिका २८ कालिकाका अनाथ तथा गरीब ३० जना वालवालिकालाई शैक्षिक सामाग्रीहरु प्रदान गरेकी थिइन् ।

रक्षाको सयोगबाट मनिषाकी आमा दिलकुमारी निकै खुशी भएकी छन् । उनले आफ्नी छोरीको लागी देवी भगवान भेटिएकोमा इस्वर प्रति धन्यवाद दिदै छोराको लागी पनि चाडै भगवान भेटिने आशा गरीन । छोरी मनिषा कक्षा ३ मा अध्यनरत छन् भने छोरा दिपेश युकेजीमा अध्यनरत छन् । आफुले गर्ने ज्यामी काम वाट खान बस्न मात्र पुग्ने भएकोले छोराछोरीको पढाइको चिन्ता आफुलाई भएको उनले वताइन् ।

रक्षाका हजुरवुवा दुर्गा प्रसाद पौडेलले सयोग हस्त्रान्त्रण गर्दे्र भने ‘नातीनीले आफ्नो मातृभुमि प्रति केहि गरौ भन्ने भावना पलाएको र वालवालिकाहरु पैसाकै कारण स्कुल जाने वातावरण नहोस भनेर आर्थिक अवस्था कमजोर भएकी वालिकालाई सयोग गरेको वताए’ ।

रक्षा अमेरिकन सिभिल लिबर्टिज युनियन न्युयोर्क च्याप्टरमा बिगत ३ बर्ष देखी कार्य गर्दे आएकी छन् । उनले न्युयोर्कमा रहेका हाईस्कुलमा अध्यनरत बिद्यार्थीका समस्याहरुलाई ल्याउने र सो सस्थां मार्फत समधान गर्ने अभिकर्ताका रुपमा काम गर्दे आएकी छन् । त्यसैगरी उनले न्युयोर्कमा हुने गरेका मानवअधिकार हननलाई पनि समधान गर्ने बिभिन्न सघं सस्था मार्फत पहल गर्दे आएकी छन् ।

भबिश्यमा पनि अझ बृहत रुपमा आफ्नो गाँउ तथा देशको लागी पनि अमेरिकामा बसेर सयोग गर्ने योजना उनको रहेको उनले वताइन् । यो शुरुपात मात्र हो भबिश्यमा अन्य समाजिक कार्य मार्फत आफ्नो गाँउ,देशको सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।

रक्षाका वुवा विष्णु प्रसाद पौडेल अमेरिकाको न्युयोर्कवाट सन्चालीत नेपालय न्युज डट कम अनलाइनका प्रधान सम्पादक हुन् । पत्रकार पौडेलमा पनि सामाजिक तथा सयोगी भावना रहेको छ । उनले आफ्नो पत्रकारिताको माध्यमवाट गरीव तथा असाहृय वालवालिकाको पिडालाई समाचारको माध्यमवाट प्रकाशित गर्ने गरेका थिए । उनले लेखेको समाचारको प्रभावले साविक कालिका गाविस कास्कीमा रहेका टुहुरा दलित असाहृय वालवालिकाले केही वर्ष अगाडी सयोग पाएका थिए ।

हाल धेरै नेपालीहरु विदेश पलाएन भइरहेकको र आफ्नो जन्म भुमिलाई चटक्कै माया मार्ने प्रचलन रहेको अवस्थामा रक्षाको सयोगले सवै नेपालीहरुलाई आफ्नो जन्म भुमि प्रति केही सयोग गर्नको लागी प्रेरणा मिलेको छ ।