मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतबार लायन्सको पदस्थापन

आइतबार लायन्सको पदस्थापन


ड्यालस (टेक्सस) – ड्यालस एभरेष्ट लायन्स क्लबको आयोजनामा आइतबार अर्भिंगको रमाइलो रेस्टुरेन्टमा पदस्थापन कार्यक्रमको आयोजना हुने भएको छ ।
 
हरेक बर्ष बिधानत लायन्स क्लबले नयाँ अध्यक्ष सहितको लायन्स तथा लियो क्लबको टीम चयन गर्दछ। लायन्स सँगै ड्यालस एभरेष्ट लायन्स क्लबले नयाँ लियो कमिटी पनि गठन गरेको छ।  लायन्स र लियो दुबै क्लबको संयुक्त पदस्थापन कार्यक्रम हुन लागेको हो। 
 
आगामी वर्ष २०१८/२०१९  को लायन्स कमिटीको अध्यक्षमा लायन थलराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । चयन भएको ११ सदस्यीय समितिमा निवर्तमान अध्यक्ष बिएन पन्त, प्रथम उपाध्यक्षमा सुरेश वस्याल र द्वितीय उपाध्यक्षमा मिना क्षेत्री, महासचिवमा केदार तिमलसिना, कोषाध्यक्षमा कमल कडायत र टेल टुइस्टरमा सूर्य भण्डारी रहेका छन् । 
 
ड्यालस एभरेष्ट लायन्स क्लब अमेरिकामा नेपालीको पहिलो लायन्स क्लब हो।  यस क्लबका ६७ जना साधारण सदस्य रहेका छन् । 
 
यसैगरी ड्यालस एभरेष्ट लियो क्लबमा पनि नयाँ समिति चयन भएको छ । ४१ जना सदस्य रहेको लियो क्लबको अध्यक्षमा आभाष श्रेष्ठ, महासचिवमा विजिशा प्याकुरेल र कोषाध्यक्षमा तुल्सी लोहनी रहेका छन् ।