काठमाडाै । सरकार र स्वास्थ सेवामा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सकाररले केसीका सबै मागहरू पुरा गर्नेगरि नौ बुँदे सहमति गरेको छ । सहमतपछि डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सरकार मुल विषयबस्तुबाटै हटेपछि डा. केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।
सहमतिपछि अब काठमाडाैमा नयाँ मेडिकल कलेज सञ्चालनमा अाउन पाउने छैनन् । प्रस्तावित मनमोहन मेडिकल कलेज नेपाल सरकारले किन्ने संभावना बढेको छ ।
सहमतिसँगै केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाएका छन् ।
डा. केसीले लिखित वक्तब्यमार्फत अनसनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । साथै सहमतिका लागि पहल गर्ने प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरु र वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिएका थिए ।
प्रतिक्रिया