मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मिस वल्र्ड बनेर नेपालको नाम चिनाउँछु : जेसिसा

मिस वल्र्ड बनेर नेपालको नाम चिनाउँछु : जेसिसा


‘उद्देश्य के लिनु उडेर छुनु चन्द्र एक’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको उक्ति हो यो । भनिन्छ सपना पूरा हुन पहिले सपना देख्नुपर्छ । चितवनको रत्ननगर–१० की १५ वर्षीया जेसिसा कुमालले मिस वल्र्ड बनेर नेपालको नाम विश्वभर चिनाउने उद्देश्य लिएकी छिन् । एकता शिशु निकेतन, रत्ननगरमा नौ कक्षामा पढ्दै गरेकी उनले हालैमात्र ‘मिस इस्टर्न चितवन’को उपाधि जितेकी छन् । १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस फोटोजेनिक बेस्ट पफर्मेन्सको उपाधिसमेत हासिल गरिन् । अभिनेता सुनिल थापा, सरोज खनाललगायतका निर्णायकको हातबाट उपाधि हासिल गर्दा उनले निर्भिकताका साथ मिस नेपाल र मिस वल्र्डको उपाधि चुम्ने उद्देश्य रहेको बताइन् । आत्मविश्वास र लगनशीलता भए लक्ष्य हासिल गर्न सकिने उनको ठहर छ । प्रस्तुत छ, प्रतिभाशाली जेसिसासँग हिमालय खबरले गरेको कुराकानी–
 
१) मिस इस्टर्न  चितवनको उपाधि पाउँदा कस्तो अनुभूति भयो ? 
 
मलाई एकदम गर्व महसुस भयो । मैले केही गर्न सक्छु भन्ने आत्मविश्वास थियो । त्यहीअनुसार मैले मिहिनत गरेको थिएँ । प्रतिस्पर्धामा विजेता बन्दा खुसीको सीमा नै रहेन । 
 
२) यो खुसी कसलाई बाँड्न चाहनुहुन्छ ? 
 
smileyमेरो ममी, बाबा जसले मलाई मेरो रहरसँग कहिल्यै पनि नाइँ भन्नु भएन । भर्खरै नौ कक्षा पढिरहेकी मलाई प्रतिस्पर्धा गर्नका लागि चुनौती नै थियो । प्रतियोगितामा भाग लिनेमा म मात्रै सबैभन्दा कान्छी प्रतियोगी थिएँ । उमेरको हिसाबले मात्र होइन, पढाइका हिसाबले पनि । सबैजना प्लस टु देखि ब्याचलर लेभलमा पढ्ने हुनुहुन्थ्यो । तर, मलाई पूर्ण आत्मविश्वास थियो, उपाधि मैले नै चुम्छु भन्ने । मेरो चाहनालाई कत्ति पनि सम्झौता नगरी हरतरहले प्रोत्साहन गर्ने ममी, बाबा नै यस उपाधिका भागिदार हुनुहुन्छ । मेरो विद्यालय एकता शिशु निकेतनले मेरै सुविधाका लागि ओरेन्टेशन क्लास समेत सारेर मलाई सर्पोट ग¥यो । यसको श्रेय म विद्यालयलाई पनि दिन चाहन्छु । 
 
३) यति सानै उमेरमा प्रतियोगितामा भाग लिने रहर कसरी जाग्यो ? 
 
smileyसानैदेखिको रहर हो मेरो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र डान्सिङ प्रोगाममा रुचि राख्थेँ । मिस इस्र्टन चितवनको प्रोगामबारे थाहा पाएपछि मेरो रहर पूरा भयो । रहर भएपछि स्कुल रहँदारहँदै पनि सहभागी भएको हुँ । 
 
४) प्रतियोगिता जित्छु नै भन्ने लागेको थियो र ? 
 
smileyप्रतियोगितामा मभन्दा धेरै सिनियर दिदीहरु सहभागी हुनुहुन्थ्यो । प्रतियोगीमध्ये कम उमेरकी भए पनि उपाधिको हकदारचाहिँ म नै हुँ भन्ने आत्मविश्वास थियो । प्रतियोगितामा उमेरले खासै प्रभाव पार्ने होइन । पफर्मेन्सले नै धेरै कुरा निर्धारण गर्ने भएकाले यसका लागि म पर्फेक्ट नै थिएँ । निर्णायकको भूमिका रहनुभएका कलाक्षेत्रका हस्तीहरु सुनिल थापा, सरोज खनाल, डा सञ्जय अधिकारी, लक्ष्मी पन्त, इशा प्रधानको मन मैले स्टेजबाटै जित्न सफल भएँ । बाबा, ममीको हौसला त छँदै थियो । मैले त बाबा, ममीलाई उपाधि जित्नुअघि नै ताज लगाएर म नै मिस इस्टर्न चितवन हुनेछु भनेर कन्फिडेन्स प्रस्तुत गरिसकेको थिएँ । 
 
५) मिस इस्टर्न चितवन भैसकेपछि अब कला क्षेत्रमा लाग्ने कि अरु नै केही बन्ने ? 
 
smileyपहिले त मैले देखेको सपना पूरा गर्नुछ । अबको मेरो उद्देश्य भनेको मिस नेपालमा सशक्त प्रतिस्पर्धा गर्नु हो । अहिले त म पढ्दै पनि छु । मेरो अध्ययन अवरुद्ध नहुने गरी बिदाको समयमा यस्तै प्रतियोगितामा भाग लिँदै मिस नेपालको उपाधि पहिरिनु छ । मिस नेपाल जितेपछि मिस वल्र्डमा नेपालबाट पहिलो मिस वल्र्ड बन्नुछ । आफ्नो क्यारियर बनेपछि कला क्षेत्रमा लागेर राम्रो मुभीमा अभिनय गर्ने इच्छा छ । भविष्यमा नायिका बनेर त्यसैका माध्यमबाट विजनेश गर्ने इच्छा छ । जुनसुकै क्षेत्रमा पनि लगनशील भएर पूर्ण समर्पित भएर लागिपर्ने हो भने असम्भव केही छैन । आफूमा आत्मविश्वास नै छैन भने कुनै क्षेत्रमा पनि कसैले प्रगति गर्न सक्दैन । मेरो लक्ष्य मिस वल्र्ड बन्ने हो म त्यसका लागि आजैदेखि अभ्यास गर्दैछु ।