मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्रोसिया विश्वकप फाइनलमा

क्रोसिया विश्वकप फाइनलमा


हिमालयखवर संवाददाता
अमेरिका- खेल शुरु भएको पांच मिनेटमै फ्रिककिकमा एक गोल गर्दै एक घण्टा भन्दा वढी समय अग्रता लिएपनि इंग्याण्ड विश्व कप २०१८ को फाइनमा जान सकेन । 
 
क्रोसियाले खेलको ६८ मिनेटमा गोल गरेर खेल बरावरीमा ल्याएको थियो । निर्धारित ९० मिनेटमा खेल एक एकले बरावर भएपछि  ३० मिनेट समय थप भएको थियो । यही समयमा गोल गर्दै क्रोसियाले गेममा अग्रता लिई विश्व कप विजेता इंग्याण्डलाई रोकेको हो ।
 
यो क्रोसियाको अहिलेसम्ममै सवैभन्दा राम्रो प्रर्दशन हो । करिव ४० लाख मात्र जनसंख्या भएको क्रोसियाले फुटवलको जननी मानिने इंग्याण्डलाई यस पटकपनि विश्वकपको फाइनलमा जान दिएन । इंग्याण्डले यसअघि १९६६ मा विश्वकप जितेको थियो । 
 
अव आउने आइतवार क्रोसिया फ्रान्स संग फाइनल खेल्ने छ । खेलमा दुवै तर्फका टिमले राम्रो मौका पाएका थिए । तर, बलले गोलपोष्ट चुम्न सकेन । तेस्रो स्थानका लागि इंग्याण्डले बेल्जियमसंग खेल्ने छ ।