मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारी अपाङ्ग धार्मिक आश्रमका सञ्चालकलाई १० वर्ष कैद

बलात्कारी अपाङ्ग धार्मिक आश्रमका सञ्चालकलाई १० वर्ष कैद


चितवन । चितवनको भरतपुर महानगर ३ बाह्रघरेस्थित श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ । 
 
केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु शर्मालाई चितवन अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले मंगलबार असार २६ गते १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । 
 
आरोपित शर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा वैशाख ७ गते पीडितहरुले जाहेरी दिएका थिए । घटना वैशाख १ गतेको भए पनि डर-त्रासका कारण वैशाख ७ गते जाहेरी परेको र ७ गते नै अभियुक्त पक्राउ परेका थिए । 
 
केन्द्रमा आश्रित दुई पीडितले घटनाबारे  छिमेकीलाई ढिला गरी भनेपछि घटना सार्वजनिक भएको हो ।