हिमालयखवर संवाददाता
अमेरिका – गैर आवासीय नेपाली संघ अमेरिका क्यालिफोर्निया च्याप्टरले पत्रकार सरोज दाहाल अमेरिकामा आकस्मिक बिमारी परेकाले उनको उपचारका लागि सहयोगका लागि समुदायसँग आग्रह गरेको छ ।
एनआरएनए अमेरिका क्षेत्रमा तीन साता अघि आयोजित विज्ञ सम्मेलनमा भाग लिन आएका पत्रकार दाहाललाई सम्मेलन सकेर लसएञ्जल्समा हुँदा स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो । उनलाई नशाको समस्या रहेको बताइएको छ । पत्रकार दाहालको अहिले त्यही उपचार भइरहेको छ ।
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले गो फण्ड मार्फत पत्रकार दाहालका लागि सहयोग मागेको हो । अमेरिका भ्रमणमा रहनु भका पत्रकार दाहाल धेरै दिनदेखि गम्भीर न्यूरो समस्याले क्यालिफोर्निको अस्पतालमा थलिनु भएको छ, दैनिक १२, १३ सय डलरको औषधी क्याप्सुलले उहाँको जीवन बाँचिरहेको छ त्यसैले उनको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको च्याप्टरले जनाएको छ ।
पत्रकार दाहाल एनआरएन अभियानको समाचार क्षेत्रमा सकृय थिए । उनी एनआएन नागरिकता कमिटीका सदस्य पनि हुन् । पत्रकार दाहालको उपचारका लागि एनआरएनए महासचिव, एनआरएन अमेरिका क्षेत्र संयोजक गौरी जोशीले पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया