मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अधिकारीको हत्याका अभियुक्त पौडेलद्वारा आत्मसमर्पण

अधिकारीको हत्याका अभियुक्त पौडेलद्वारा आत्मसमर्पण


एजेन्सी ।  गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका छविलाल पौडेलले आत्मसमर्पण गरेका छन् ।
 
उच्च स्रोतका अनुसार प्रहरीले उनलाई आइतबार सर्वोच्च अदालतमा बुझाएको बताइए पनि सर्वोच्चले भने पुर्पक्षमा रहेर मुद्दाको प्रक्रिया अघि बढाउन पाउँ भनी निवेदन दिएकाले कारागार पठाइएको बताएको छ । सर्वोच्च अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको छ । 
 
“प्रतिवादी छविलाल पौडेल निवेदनसाथ यस अदालतमा उपस्थित हुन आएकाले यस अदालतबाट मिति २०७५–०३–२४ मा भएका आदेशअनुसार निज छविलाल पौडेललाई यस अदालतका कास श्री टेकबहादुर खड्काको जिम्मा लगाई तहा कार्यालयमा पठाएको छ । निजलाई सिधा खान दिई थुनामा राख्नुहुन अनुरोध गरिन्छ,” सर्वोच्च अदालतले डिल्लीबजार कारागार कार्यालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।
 
पौडेल अधिकारी हत्याका आरोपीमध्येका हुन् । २०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बसेकी थिइन् । अनशन बसेर स्वास्थ्य अवस्था बिग्रदै गएपछि अहिले उनको वीर अस्पतालकै सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
 
२०६१ साल जेठमा कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरबा-आमा भेट्न चितवन गएको बेला जेठ २४ गते हत्या भएको थियो । त्यसपछि अधिकारी दम्पतीले माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेललगायतले आफ्नो छोराको हत्या गरेको प्रहरीमा किटानी जाहेरी दिएका थिए ।