मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले छापामार शैलीमा विमानस्थलबाट नियन्त्रणमा लिएको आरोप

सरकारले छापामार शैलीमा विमानस्थलबाट नियन्त्रणमा लिएको आरोप


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् । 
 
क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । उनले वर्तमान सरकार सर्वसत्तावादको चंगुलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेकोसमेत आरोप लगाए ।
 
त्यसैगरी उनले कम्युनिस्टले संस्कार र र संस्कृति मास्न लागेको आरोपसमेत लगाए । उनले भने, ‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाइएन ।’ 
 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हुँदापनि आफू क्यानडामा हुन लागेकैजस्तो कार्यक्रममा भाग लिन चीन गएको स्मरण गराउँदै कोइरालाले भने, ‘चीन जाँदा जुन प्रक्रिया अपनाएको थिएँ, त्यही प्रक्रिया र नियम अहिले पनि पालना गरेको थिएँ 
 
कोइरालाले भने, मैले एक साताअघि नै यसबारेमा सरकारको सम्बन्धित निकायलाई जानकारी गराएको थिएँ, तर त्यस विषयमा कुनै जानकारी नगराइकन मलाई विमानस्थलबाट एकैचोटी छापामार शैलीमा अपराधीलाईजस्तो पक्राउ गरियो, यो खेदजनक छ, यो अपमान मप्रति मात्रै नभएर सिङ्गो प्राज्ञिक जगतमाथिको अपमान हो ।’