मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘ओली सरकारको मिसन : सिटामोलमा कमिसन’

‘ओली सरकारको मिसन : सिटामोलमा कमिसन’


काठमाडौं । जुम्लामा अनसनरत डा। गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार पनि काठमाडौँमा र्‍याली निकालिएको छ । 
 
चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली निकालेका हुन् । र्‍यालीमा डा। केसीको माग पूरा गर्न दबाब दिँदै प्ले कार्ड बोकेका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएको भन्दै नारावाजी गरेका हुन् । 
 
सहभागीले डा। केसीका माग पूरा गर, नागरिक स्वतन्त्रतामाथिको अथिक्रमण बन्द गर, ओली सरकारको मिसन सिटामोलमा कमिशन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइँदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएका थिए । 
 
प्रदर्शनमा विवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत चार हजार व्यक्तिको सहभागिता रहेको थियो । 
 
प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताए । उनले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पारे । डा केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका छन् । उनको स्वास्थ्य दिनदिनै बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । 
 
यसैबीच, नेपाल चिकित्सक संघले डा। केसीको मागमा समर्थन जनाउँदै देशभरका चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर ऐक्यवद्धता जनाउन आह्वान गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी संघले देशैभरका चिकित्सकहरुलाई हातमा कालोपट्टीमा बाँधेर सेवामा खटिन निर्देशन दिएकोे हो । 
 
संघले असार २४ गते आइतबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, तथा स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाँउने र ७२ घण्टे अल्टिमेटम दिने तथा सम्वोधन नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।