मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसले हिन्दुराष्ट्रको मुद्दा सडकदेखि सदनसम्म उठाउने

कांग्रेसले हिन्दुराष्ट्रको मुद्दा सडकदेखि सदनसम्म उठाउने


हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले नेपाली कांग्रेसले अब सडकदेखि सदनसम्म हिन्दुराष्ट्रको मुद्दा उठाउने बताएका छन् । 
 
प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता बानियाँले सरकार जनतामारा र सर्वसत्तावाद उन्मुख हँदै गएको भन्दै डा. गोविन्द केसी र अनशनरत गंगामाया अधिकारीको पक्षमा नेपाली कांग्रेस रहेको बताए । 
 
केन्द्रीय सरकारको कडा आलोचना गर्दै सरकार अस्थिरतातर्फ गएकोले यसको परिणामको जिम्मा सरकारले नै लिनुपर्ने उनले बताएका हुन् । कम्युनिस्ट सरकारले दम्भ गर्दै जाने हो भने नेपाली कांग्रेसले राणा र राजा फालेर लोकतन्त्र ल्याएको याद दिलाउने र इतिहासमा सीमित हुने चेतावनीसमेत उनले दिए ।
 
यस्तै, बिहीबार भएको प्रदेशसभाको बैठकमा प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली, २०७४ को नियम २१६ को नियम ३ बमोजिम नियमावली मस्यौदा संशोधन मस्यौदा समिति गठन गरिएको छ ।
 
प्रतिपक्ष दलका नेता न्हुच्छेनारायण श्रेष्ठले प्रस्ताव गरेका  समितिको प्रस्ताव सत्तापक्षकी प्रदेशसभा सदस्य मुनु सिग्देलले समर्थन गरेकी हुन् । समितिमा कञ्चन खनाल, केशवराज पाण्डे, मीना ज्ञवाली, रमेश पौड्याल, राधा घले, सुरेन्द्रराज गोसाईं रहेका छन् । 
 
 
बिहीबारको बैठकले ३ नम्बर प्रदेशको आर्थिक विधेयकको छलफलमा उठेका प्रश्नको जवाफ ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दिएका छन् । जवाफमा महत्वपूर्ण र गहकिला सुझाव आत्मसात् गर्ने भन्दै आफ्नो जवाफ सभामुख सानुकुमार श्रेष्ठले बुझाएका थिए  । 
 
बिहीबार नै ३ नम्बर प्रदेशको कर तथा गैरकर राजस्व उठाउनेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि बहुमतले पारित भएको छ ।