मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तामाङ समाज न्युयोर्कको सपथ ग्रहण

तामाङ समाज न्युयोर्कको सपथ ग्रहण


आज सम्पन्न तामाङ समाज न्युयोर्कको सपथ ग्रहण तथा वधाई कार्यक्रममा निर्वाचन कमिटीका अध्यक्ष श्री निमा पाख्रिनबाट गोमा योन्जनको अध्यक्षतामा निर्वाचित ११ सदस्यीय पुर्ण कार्यसमिति चयन गरिएको छ ।
 
कार्यसमितिलाई सपथ ग्रहण गराउदै अध्यक्ष गोमा योन्जनको नेतृत्वमा उपाध्यक्ष-निमा गोले, सचिव-दिपेन्द्र लामा (मोक्तान), कोषाध्यक्ष रमला तामाङ, सह कोषाध्यक्ष माया लामा, सह सचिव-रोज़ लामा र सदस्यहरु निमा लामु लामा, सृजना लामा, लाल तामाङ, नुर्वु लामा, र विजय नेर्देन सहितको  नयाँ कार्यसमिति लाई केन्द्रीय संगठनको तर्फबाट उतर अमेरिका तामाङ समाज उतर अमेरिकाको तर्फबाट अध्यक्ष लाक्यान लामाले हार्दिक बधाई एवं शुभकामना दिदै तामाङ समाज न्युयोर्क तदर्थ कमिटी र निर्वाचन कमिटी प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गरियो ।
 
नव निर्वाचित कमिटीलाई केन्द्रीय पुर्व अध्यक्षहरु,सुबास लामा, भरत लामा ईन्द्रतामाङ,राम तामाङ,सुर्य तामाङ,एनआरएन महासचिव बाबुराम लामा, एनआरएन सह-कोषाध्यक्ष पवन योन्जन र तदर्थ कमिटी संयोजक छेमाङ लामाले सहित शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।