ड्यालस (अमेरिका) – नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र, ड्यालसले यस वर्ष पनि नेपाली बालबालिकाका लागि आध्यात्मिक शिविर सञ्चालन गर्ने भएको छ ।
जुन ३० तारिक शनिबारदेखि जुलाइ ८ सम्म नेपाली मन्दिर अर्भिङमा शिविर सञ्चालन हुने शिविरमा बालबालिकाहरुका लागि हिन्दू धर्म, संस्कृति, अध्यात्म, नैतिक शिक्षाका बारेमा जानकारी गराउनुका साथै नेपालसँग परिचित गराउनु रहेको छ । ५ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरू शिविरमा सहभागी हुनसक्नेछन् । १३ वर्षभन्दा बढी उमेरका बालबालिकाहरूले भने स्वयमसेवक (भोलेन्टिएर)का रूपमा दर्ता भएर सहभागी हुनसक्ने केन्द्रले जनाएको छ।
सदाझैँ यसवर्ष पनि शिविर सञ्चालनका लागि प्रमुख प्रशिक्षक चिन्तामणि योगी ड्यालस आइसकेका छन् । शिविर बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा सहभागी हुने बालबालिकालाइ बिहानको ब्रेकफास्ट, दिउँसोको लञ्च र हल्का खाजाको प्रवन्ध गरिएको छ ।
आफ्ना बालबालिकाहरूलाइ शिविरमा सहभागी गराउनका लागि केन्द्रले अभिभावकहरूसँग अपिल गरेको छ ।
प्रतिक्रिया