मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

डिभी – तुलसी बस्नेत

डिभी – तुलसी बस्नेत


मलाई जानु छैन अमेरिका डिभी भरेर
स्वर्ग जस्तो मेरो देशलाई यसै छोडेर
 
खानलाई चुलो बलोस पुग्छ त्यति भए
सुनको गाँस पाईदैन है डिभी परी गए
देश भक्ति मर्दैन डिभीको पासो छरेर
मलाई जानु छैन अमेरिका डिभी भरेर
 
रोके हुन्छ तिम्रो पासो छैन अब चासो
संसारमा तिमी मात्रै छैंनौं अब ब्वाँसो
किन स्वीकार्ने तिम्रा शर्तहरू तल परेर
मलाई जानु छैन अमेरिका डिभी भरेर !