मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अर्जेन्टिना क्रोएसियासँग अपत्यारिलो ढंगले पराजित

अर्जेन्टिना क्रोएसियासँग अपत्यारिलो ढंगले पराजित


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह डी मा रहेको अर्जेन्टिनाले क्रोएसियासँग अपत्यारिलो ढंगले पराजित भएको छ । क्रोएसियासँग ३–० गोलले पराजित हुँदा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कुनै जादु देखाउन सकेनन् । 
 
क्रोएसियाले ऐतिहासिक जित हात पार्दा अर्जेन्टिना भने कठिन मोडमा आइपुगेको छ । पहिलो खेलमा विश्वकपमा डेब्यु टिम आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्ने आशाा थोरैमात्र छ । अर्जेन्टिनाले क्रोएसियासँगको खेलमा करोडौँ समर्थकलाई निराश बनाएको छ । 
 
अब अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । एकपछि अर्को खेलमा चुक्दै आएको अर्जेन्टिनाले चमत्कार देखाइहाल्छ भन्ने विश्वास त छैन । तथापि अबको खेलले प्रिक्वाटरफाइनलमा पुग्ने नपुग्ने निकै ठूलो भूमिका खेल्नेछ ।
 
समूह डी अन्तर्गत नाइजेरिया र आइसल्याण्डबीचको खेलमा दुवै टिमले बराबरी खेले अर्जेन्टिनालाई फाइदा हुनेछ ।
 
अर्जेन्टिनाको अहिले २ खेलबाट एकमा हार र एक खेलमा बराबरी खेल्दै १ अंक छ भने ४ गोल खाएको छ । एक गोलमात्रै फर्काएको छ । यस्तो अवस्थामा अर्जेन्टिना नकआउट चरणमा पुग्न निकै कठिन देखिएको छ ।
 
अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सीलाई गोल मेसिनको उपनामले चिनिन्छन् । तर, रसिया विश्वकपमा भने मेस्सीको जादु चल्न सकेको छैन । आइसल्याण्डविरुद्ध त झन पेनाल्टीमै असफल भएका मेस्सीले क्रोएसियाविरुद्ध कुनै आक्रमक खेल खेल्न सकेनन् ।
 
मेस्सीले क्रोएसियाविरुद्ध गोल गर्ने अवसर पाए पनि त्यसको कत्ति पनि सदुपयोग गर्न सकेनन् । जारी विश्वकपको २ खेलको पूरै समय मैदानमा बिताएका मेस्सीमाथि अर्जेन्टिनाको पूरै विश्वास थियो । तर, उनले राम्रो खेल्न नसक्दा टिम नै जोखिममा परेको छ ।
 
यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिलीविरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए । फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणासमेत गरेका थिए । तर, अजर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिएका थिए ।
 
मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जे्न्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बन्न पुगेको थियो ।