मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अन्ततः नियतिको खेलमा पराजित भए डा उपेन्द्र

अन्ततः नियतिको खेलमा पराजित भए डा उपेन्द्र


वरिष्ठ डाक्टर उपेन्द्र देवकोटाको सोमबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा निधन छ । डा देवकोटाको ६५ वर्षको उमेरमा सोमबार उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । 
 
लामो समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित डा। देवकोटा करिब ६ महिनाअघि बेलायतबाट उपचार गरी स्वदेश फिर्ता भएका थिए ।
 
“यस अस्पतालका संस्थापक प्राडा देवकोटाको स्वदेशमै देहत्याग गर्ने इच्छाअनुसार यस अस्पतालले आखिरसम्म उनको सेवा गर्न पाएकोमा गर्वानुभूति गर्दै उनको उपचारमा संलग्न सम्पूर्ण चिकित्सक समुदाय तथा स्वास्थ्यकर्मीहरुमा कृतज्ञता जनाउँदछौं,” न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०१० सालमा गोरखाको पण्डित गाउँमा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।
 
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अस्पताल प्रांगणमै राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने विज्ञप्तिमा जनाइएको छ । उनको काजक्रिया ७ दिनमा सम्पन्न गरिने अस्पताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका डा। देवकाटा नेपालको न्यूरो सर्जरी क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्ति हुन् । उनले विद्यालय तह होस् या कलेज तथा चिकित्साशास्त्रको पढाइ, सधैं अब्बल विद्यार्थी सावित भएर देखाए ।
 
उनले १ कक्षादेखि १० कक्षा अर्थात् एसएलसीसम्मको शिक्षा अमरज्योति माविबाट गरेका थिए । उनले आईएससी काठमाडौंको अमृत साइन्स कलेजबाट गरे । देवकोटाले आईएसीमा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका थिए । त्यसैगरी देवकोटाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । एमबिबिएसपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए ।
 
त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनी चर्चित सर्जन डा। दिनेशनाथ गंगोलसँगको निकटताले शल्यचिकित्सातर्फ आकर्षित भएका थिए । डा देवकोटालाई वीर अस्पतालमा काम गदैगर्दा न्युरो सर्जरी पढ्न बेलायतमा जान डा गंगोलले पठाएको उनले एक प्रसंगमा बताएका थिए ।
 
२५ वर्षे सरकारी सेवामा देवकोटाले उपचार सेवासँगै थुपै्र न्युरो सर्जनसमेत जन्माएको चिकित्सकहरु बताउँछन् । वीर अस्पतालमा डा देवकोटाकै  नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो । उनी स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) स्थापना भएको थियो । उनी ७ महिना स्वास्थ्यमन्त्री भएका थिए । 
 
स्वास्थ्यमन्त्रीबाट हटेको केही समयपछि डा देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेका थिए । डा देवकोटाले सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको तथा ३० हजार बढीको शल्यक्रिया गरेको बताइन्छ ।