मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस पराजयको कारण पार्टीभित्रकै अन्तर्घात : सभापति देउवा

कांग्रेस पराजयको कारण पार्टीभित्रकै अन्तर्घात : सभापति देउवा


हिमालय खबर संवाददाता- 
चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै अन्तर्घातले गर्दा कांग्रेसले पराजय भोग्नुपरेको दाबी गरेका छन् । 
 
सोमबार चितवनको भरतपुरस्थित होटल स्टार ब्याङ्क्वेटमा आयोजित नेपाल दलित संघ चितवनको प्रशिक्षण तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीभित्र अन्तर्घात जारी रहेसम्म पार्टीले जित्न नसक्ने जिकिर गरे । 
 
सभापति देउवाले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा तत्कालीन एमाले र एमाओवादीले गठबन्धन गरी चुनावमा लडे पनि कांग्रेस भने एउटै पार्टी दुईवटा जसरी चुनाव लडेका कारण पराजय भोग्नुपरेको आरोप लगाए । 
 
उनले भने, ‘कांग्रेसमा गुट/उपगुट रहेसम्म चुनाव जित्न सकिँदैन । दोष जति सबैले मलाई देखाएरमात्र हुँदैन, वास्तविक कारण पत्ता लगाएर कारबाही नगरेसम्म पार्टी एक बन्न सक्दैन ।’
 
उनले भने, ‘चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेरै छाड्छु । पार्टीलाई एक बनाएर आगामी चुनावसम्म पहिलो स्थानमा पु¥याएरै छाड्छु ।’
 
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्तता मेटाएर पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । कांग्रेस बलियो भए कुनै पनि शक्तिले हराउन नसक्ने उनको दाबी थियो । 
 
यसबीच, दुई पार्टी एकजुट भएर चुनाव लडेका बेला पार्टी सभापति शेरबहादुर वा जोसुकै भए पनि परिणाम यही नै हुने धारणा सहमहामन्त्री प्रकाशशरण महतले व्यक्त गरे ।