मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो

स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को खेलमा स्वीट्जरल्याण्डले ब्राजिलसँग १–१ गोलको बराबरी खेलेको छ । स्वीट्जरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै पाँचनैँ विश्वकप विजेता ब्राजिललाई रोक्न सफल भएको हो ।
 
निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । 
 
रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको ब्राजिलले दोस्रो हाफमा भने गोल गर्न सकेन । 
 
ब्राजिलका कुनै पनि  खेलाडी दोस्रो हाफमा चम्किन सकेनन् । स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले खेलको ५० औं मिनेटमा गोल गर्दै बराबरीमा पु¥याएका थिए ।
 
पहिलो हाफमा दुवै टिमले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । खेलको अन्तिम समयमा ब्राजिलले एकपछि अर्को गोल गर्ने अवसर पाएको थियो । तर, त्यो अवसरलाई सदुपयोग गर्न ब्राजिलका खेलाडी चुके । दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  
 
स्वीट्जरल्याण्डका खेलाडीको ध्येय नै स्टार नेयमारलाई घाइते बनाउने रहेको देखिन्थ्यो । ब्राजिललाई कुनै हालतमा गोल गर्न नदिने रणनीतिमा रहेको स्वीट्जरल्याण्डले अपेक्षाभन्दा राम्रो प्रदर्शनी गरेको थियो ।