मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

महत्वपुर्ण निर्णय गर्दै विज्ञ भेला सम्पन्न

महत्वपुर्ण निर्णय गर्दै विज्ञ भेला सम्पन्न


सानफ्रान्सिस्को (अमेरिका)- पश्चिम अमरिकी राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा सम्पन्न गैर गैरआवासीय नेपाली संघ (एनअरएन) को विज्ञ भेलाले नेपाल भ्रमण वर्षलाइ सफल बनाउन सहयोग गर्ने प्रतिवध्दता व्यक्त गरेको छ । 
 
शनिबारको विज्ञ भेला तथा अइतबारको साधारण सभाले पारित गरेका निष्कर्शहरू सार्वजनिक गर्दै एनअरएनले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने पर्यटन मन्त्री रबिन्द्र अधिकारीको आग्रहलाई स्विकार्दै यसका लागि सकृय भई सफल बनाउन  संजाललाई अधिकतम् उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
 
भेलाले संविधानमा उल्लेखित गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । 
 
 गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भएको हो । भेलामा तीनसय जना भन्दा बढीको सहभागिता थियो ।
 
नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो । 
 
सम्मेलनमा विभिन्न सात विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका प्रवक्ता भुषण घिमिरेद्वार जारी विज्ञप्तीमा उल्लेख छ । 
 
सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवतीप्रसाद भुसाल, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, न्यूयोर्कका लागि महावाणिज्यदूत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य,  महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरु डा. हेमराज शर्मा,  हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता थियो । 
 
कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो । 
 
कार्यक्रममा अमेरिका, क्यानडा, बेलायत, जापान, मलेसिया, जर्मनी, रसिया, साइप्रस लगायतका देशहरुबाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागी थिए । 
 
विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतीको संयोजन डा. रुद्र अर्यालको समुहले गरेको थियो । गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक रहेको निष्कर्श भेलाको छ । एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरुसँग सवन्वय गरेर पुलको रुपमा नेपाल सरकार, नीति निमार्ता र निजी क्षेत्रसंग काम गर्न प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
 
नेपाल सरकारकारमा माननीय मन्त्री रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्ने प्रतिवद्धता गर्नुभएकाले एनअरएनलाइ थप हौसला मिलेको पनि विज्ञप्तीमा उल्लेख छ । 
 
गैर आवासीय नेपाली विज्ञहरुले विदेशमा आर्जन गरेको सिप, दक्षता, ज्ञान र  अनुसन्धान दस्तावेज लगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्ने उल्लेख छ । 
 
विज्ञ भेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गर्दै संघले दिर्घकालिन कार्यक्रमहरुको तर्जुमा गर्नेछ । क्षेत्रिय रुपमा सम्पन्न हुने विज्ञ भेलाहरु र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरुलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने प्रेस विज्ञप्तीमा उल्लेख छ ।