मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

बुधबार ड्यालसमा एनआरएनका पूर्ब अध्यक्ष सहित पदाधिकारीसँग अन्तरकृया

बुधबार ड्यालसमा एनआरएनका पूर्ब अध्यक्ष सहित पदाधिकारीसँग अन्तरकृया


ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका टेक्सस च्याप्टरले आउँदो बुधबार ड्यालसमा विशेष अन्तरकृया गर्ने भएको छ ।
 
एनआरएन अन्तर्राष्ट्रिय समितिका पूर्ब अध्यक्ष तथा संस्थापक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त लगायतसँग बिजनेस फोरम सहितको अन्तरकृया कार्यक्रम आयोजना गर्न लागिएको एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले जनाएका छन् । 
 
आउँदो जुन २० तारिक बुधबार साँझ ७ बजेदेखि बेडफोर्डस्थित फिस्टेल नेपाली रेष्टुँरामा कार्यक्रम हुन लागेको समेत खरेलले उल्लेख गरेका छन् । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा जारी एनआरएनको विज्ञ भेला तथा साधारण सभाका लागि यतिखेर एनआरएनकाका पूर्व तथा वर्तमान उच्च पदस्थ पदाधिकारीहरु सहभागी भइरहेका छन् । 
 
शनिबार विज्ञ भेला सम्पन्न भैसकेको छ भने आइतबार साधारण सभा जारी छ । साधारण सभाको समापनसँगै एनआरएन आइसिसीका पदाधिकारीहरु नेपाली समुदायसँग भेटघाट तथा अन्तरकृयाका लागि ड्यालस आउन लागेका हुन् ।
 
ड्यालसको कार्यक्रममा एनआरएन आइसिसीका सल्लाहकार हेमराज शर्मा, एनआरएनका प्रवक्ता भुषण घिमिरे, आइसिसी मेम्बर महेश श्रेष्ठ, ओम गुरुङ लगायतको सहभागिता रहने एनआरएन टेक्सस च्याप्टरले जनाएको छ । 
 
कार्यक्रममा सबैलाई सहभागी हुनका लागि एनआरएन टेक्सस च्याटरले स्थानीय नेपाली समुदायसँग आग्रह समेत गरेको छ ।