मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चुम्लिङटारमा माईक्रो बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु

चुम्लिङटारमा माईक्रो बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा शुक्रबार बिहान माईक्रो बस र ट्रक एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
 
तीन जनाको घटनास्थलमै र एक जनाका उपचारका लागि भरतपुर ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माईक्रो बसका चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र केसी रहेका छन् भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 
काठमाडौंबाट नारायणगढ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माईक्रो बस एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए । प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।