मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

लसएन्जलसमा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न


हिमालयखवर संवाददाता
 एन्जलस (अमेरिका)- Society of American Nepalese Nurses (SANN), NRN USA Help Desk, NRN USA Women Committee & NRN USA CA Chapter को आयोजनामा गत जून १० तारिख आइतबारको दिनमा लस् एन्जलसमा बसोबास गर्ने १२९ जना दाजु-भाइ, दिदी-बहिनी, हरुको  स्वास्थ्य   परीक्षण सम्पन्न गरिएको छ ।
 
उक्त स्वास्थ्य शिविरमा ५ जना डाक्टरहरू र २५ जना आरएनहरुले  निःशुल्क सेवा प्रदान गरिएको थियो साथैलसएन्जल्सबासी नेपालीहरूको पशुपतिनाथ बुद्ध मन्दिरमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षणमा एनआरएनए आईसिसिका महासचिव बद्रि के.सी को पनि सहभागिता रहेको थियो ।
 
बिहान ११ बजे एनआरएनए सम्बन्धी समसामयिक विषयहरूमा अन्तरक्रिया छलफल समेत गरिएको जानकारी एनआरएनए क्यालिफोर्निया च्याप्टरका सभापति रामबाबु पाण्डेले जानकारी गराए । 
 
SANN का अध्यक्ष टिका ऑदेम्बेले सहभागी हुनु भएको सम्पूर्ण एनआरएनए अभियान्तहरु, स्वास्थ्य कर्मीहरू साथै सम्पूर्ण सामुदायिक सदस्यहरू, पत्रकारहरू ,स्वयंसेवक र विभिन्न सहयोगी व्यक्तित्वहरूलाई विशेष धन्यवाद दिँदै उक्त शिविर अत्यन्तै प्रभावकारीमुलक ढंगले सम्पन्न भएको बताए।