मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

को को सहभागी हुँदैछन् एनअारएनको विज्ञ सम्मेलनमा ?

को को सहभागी हुँदैछन् एनअारएनको विज्ञ सम्मेलनमा ?


ड्यालस (अमेरिका) – यही सप्ताहन्त अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा हुन लागेको गैर अावासीय नेपाली संघ (एनअारएन) को विज्ञ भेलामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुने भएको छ ।
 
जुन १६ र १७ तारिक हुने भेला तथा साधारण सभामा नेपालबाट पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनी, रेवतीप्रसाद भुसालको सहभागिता रहनेछ । त्यस्तै एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्ष व्दय कुमार पन्त र कुल आचार्यको पनि सहभागिता हुने प्रवक्ता भुषण घिमिरेदवारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
कार्यक्रममा महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा  तथा आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहनेछ । यसका साथै अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब पाँचसय जनाको सहभागिता रहने अपेक्षा रहेको एनअारएनले जनाएको छ । 
 
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य अनुरुप अधिकतम प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो क्षमता अनुसार ज्ञान र सीपको प्रयोग गरी त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । 
 
त्यसरी विदेशमा आर्जित सीपको प्रयोग नेपालको रुपान्तरणको लागि उपयोगी हुनसक्ने प्रचुर सम्भावना रहेको छ । यसै सम्भावनालाई सार्थकतामा बदल्न गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनु हुने विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउन गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोबर १२ र १३ तारिखमा(२ दिने) विज्ञ सम्मेलन आयोजना गर्न लागिएको पनि विज्ञप्तीमा उल्लेख छ । 
 
गैरआवासीय नेपाली संघले विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान गर्न विज्ञ सम्मेलन गर्ने निर्णय गरेको हो ।
 
सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको  सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको विज्ञप्तीमा उल्लेख छ ।