मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

जनसम्पर्क समिति अमेरिकाको भविश्य झनै खतरामा पर्ने सकेंत् ?

जनसम्पर्क समिति अमेरिकाको भविश्य झनै खतरामा पर्ने सकेंत् ?


यति बेला अमेरिकामा जनसम्पर्क समितिमा आबद्ध रहेका साथीहरूको सबैको चासो र चिन्ता भनेको जनसम्पर्क समिति अमेरिकाको भविष्य के होला भन्ने रहेको देखिएको छ । महामानव बिश्वेश्वर प्रसाद कोईरालाले नेपालको राजनीतिक परिवर्तनको महान् उद्धेश्य लिएर सुरु गरेको भए पनि यस संस्था यसको मर्म बाहिर गएर अमेरिकामा भने स्थापना देखी नै यो संस्था विवादमा रुमलिएको छ । 
 
स्थापना हुँदा देखी नै विवादमा रहेको जनसम्पर्क समिति सदैव विवादमा रहँदा अमेरिकामा रहेका जनसम्पर्क समितिमा आबद्ध साथीहरूलाई संस्था प्रति नै बितृष्णा पैदा गर्ने खतरा बढ्दै गएको छ। जनसम्पर्क भन्दा बाहिरका अन्य व्यक्तिहरूलाई जनसम्पर्क भनेकै आपसमा लडाई गरेर बस्ने संस्था भन्ने जस्तो नकारात्मक प्रचार गर्न पाउने मनोरञ्जनको माध्यम बनेको अवस्था छ ।
 
जनसम्पर्क समिति अमेरिकावासि नेपालीहरूको सबैभन्दा धेरै च्याप्टर भएको सकृय संस्था हो।यस संस्थालाई हामीले लामो समयसम्म निस्कृय पारेर बस्यौ भने यसको गरिमा घट्ने खतरा हुनेछ ।
 
यति बेला हामीले हाम्रो संस्थालाई मजबुत बनाएर यंहाका अन्य संस्था भन्दा उत्कृष्ट बनाउनका साथै नेपालको मातृ पार्टी समक्ष पनि उदाहरण प्रस्तुत गर्नु छ । हामी पनि नमिल्ने अनि हाम्रो मातृपार्टी मिलने, आपसमा गुट बन्दीमा लाग्यो भन्ने तर्क गर्नु बेकारको कुरा हुन्छ । हामीले परिवर्तन चाहने भने परिवर्तन आफैबाट सुरु गर्नु आवश्यक छ ।
त्याग र आपसी छलफल बिना कुनै पनि संस्थाको हित हुँदैन, हामीले कसैले पनि त्याग गर्न पनि नखोज्ने अनि मेरो गोरुको बार्है टुक्का भने जस्तो सबै आफ्नो अडानमा रहेर अब जनसम्पर्क समितिको भविष्य झनै खतरामा पर्नेछ ।
 
जनसम्पर्क समिति भनेको मातृभूमिमा रहेको हाम्रो माउ पार्टी नेपाली काँग्रेसको भातृ संस्था हो ।
 
नेपाली काँग्रेसले अहिलेको चुनावमा नराम्रो हार ब्यहोर्नु पर्दा हामी सबै जनसम्पर्क समितिका सदस्यहरूले समेत हारेका छौँ । अहिले जसरी पार्टी केन्द्रमा चुनाव देखी सगंठनको बारेमा समीक्षाको बहस तातेको छ र यंहा पनि हामीले यो सगठनको वर्तमान दुर्दशा ,तिन वर्ष सम्म भए गरेका कृयाकलाप र यसको भविष्यका बारेमा बहस गर्न उपयुक्त समय हो भन्ने मलाई लाग्दछ । त्यसैले यति बेला हामीले हाम्रो काम ,हिजो के भएको थियो भन्दा पनि विगतलाई राम्ररी समीक्षा गरेर अब कसरी अगाडि बढ्ने , सगठनलाइ कसरी मज़बूत बनाउने विषय महत्त्वपूर्ण हो जस्तो लाग्दछ ।
 
स्थापना देखि देखिँदै आएको विवाद टेक्सासमा भएको ऐतिहासिक अधिवेशनबाट नयाँ नेतृत्व चयन भए पछि सदाका लागि अन्त्य होला भन्ने सबैमा विश्वास थियो । जसरी टेक्सासमा हामीले लोकतान्त्रिक प्रकृयालाई आत्मसात गरेर चुनावबाटै नयाँ नेतृत्व चयन गर्न सफल भयौँ, त्यो उत्साह र विश्वासलाई हामी र हाम्रो नेतृत्वले कायम राख्न र आम काँग्रेसका भावनालाई सम्बोधन गर्न नसकेको भनेर विरोध आउनु लाई विरोधका लागि विरोध हो भन्दा पनि हामीले के साँच्चै त्यों भावना अनुरूप काम गर्न सकेनौ की भनेर समीक्षा र आत्मसाथ गर्न न सक्नु आफैमा दुखद कुरा हो ।
 
विष्णु सुबेदीको नेतृत्व पालामा भएका केही महत्त्वपूर्ण कामहरू र उंहाको नेतृत्वमा भएका प्रयासलाई हामीले स्वामित्व ग्रहण नगरी अगाडि बढ्न खोज्नु पनि मुर्खता थियो ।त्यसै गरी अधिवेशनबाट बनेको आनन्द विष्ट नेतृत्वको समितिलाई पनि सुरुदेखि नै सहज रूपमा काम गर्ने दिएर समस्याको समाधान निकाल्न तर्फ भन्दा पनि हाम्रा केही साथीहरू नेतृत्वलाई फेल गराउने तर्फ लागेको तितो अनुभव पनि सबैले आत्मसात् गर्नुपर्दछ ।तर यही कुराको जरोमा टेकेर आफूले गर्न नसकेका राम्रा कामको लागि अरू माथि दोष थोपरेर पानी माथिको ओभानो बन्न खोज्नु नै सस्थाको अधोगति हुनु हो ।
 
नयाँ समिति बनेपछि नेपालमा गएको महाभुकम्पका बेला उठेको रकम र नेपालमा गरेको सहयोग पनि महत्त्वपूर्ण उपलब्धि हो । यद्यपि त्यही महाभुकम्पले हाम्रो सस्तामा महाभुकम्पको पैसा हिनामिना रूपी महाबिपत्ती ल्याएको तितो अनुभव छ ।र यही बिपतीले हाम्रो सस्थालाइ तहस नहस पारेको छ । नेपालमा भएका विभिन्न चरणका निर्वाचनमा जनसम्पर्क समितिका विभिन्न नेतृत्वहरू गाउँ गांउमा पुगेर गरेको मेहनत र उंहाहरूको मेहनतको हामीले उच्च मूल्याँकन गरिनु ज़रूरी छ।
 
अहिले हामीसँग निर्वाचित समितिको म्याद पुरा भइसको छ ।पार्टीले तत्काल कुनै काम नगर्नु भनेर पत्र गसिकेको अवस्था र निर्वाचित अध्यक्ष आनन्द विष्ट पनि आमन्त्रित केन्द्रीय सदस्यमा पदोन्नति भएको कारणले आम सदस्यहरू बिच अबको निकास के भन्ने विषयले थप चर्चा पाउनु स्वाभाविक हो ।
 
अब पनि हामीले यो सस्थालाइ संस्थागत गर्ने त्यस समयमा देखिएका खराब कुराहरूलाई सुधारेर नयाँ तरिकाले अगाडि जान सकेनौँ भने जनसम्पर्क समिति अमेरिका अझै कमजोर , लथालिग र बिस्थापनको सँघारमा पुग्ने निश्चित छ । 
 
यति बेला धेरै साथीहरू पार्टीले के पत्र पठाउला वा केन्द्रका कोही नेता आउँदा के बोल्लान् भनेर आशा गरी प्रतीक्षा गरेको देखिन्छ । आज अमेरिकामा यो संगठन लथालिग छ ।सबै च्याप्टरहरूको नेतृत्व विहीन छन् । तिन वर्षमा हामीले अघिबेशन गरेर नयॉ नेतृत्व लाई समिति सुम्पिन न सक्नु वर्तमान समितिको सबै भन्दा ठुलो कमज़ोरी हो ।
 
पूर्व संयोजक विष्णु सुवेदी लगायतका साथीहरू पनि विष्ट नेतृत्वको समितिको समय सकियो र यो समितिले गराउने अधिवेशनमा भाग लिँदैनौ भन्दै आएका छन् ।र एक पक्ष लाई न मनाइ कन अघिबेशन सम्भव पनि छैन । र आनन्द जीको नेतृत्वको समितिले हामी नै आधिकारिक हो भन्ने अडानमा रहने हो भने कसरी समाधान होला र ? कुनै पनि चिजको लिमिटेसन हुन्छ यो समितिको म्याद सिद्दीएको छ र म्याद सिद्दीए पछि पनि निर्वाचित समिति भन्दै यस लाई वर्तमान नेतृत्वले कति समय सम्म बन्धक बनाएर राख्ने हो ।
 
यो नेत्ित्वले जति राम्रो गरेका छौ भनेर रट लगाउने , हामीले नै निर्वाचन गराउँछौ भने पनि र सस्थालाइ खल्तीको बनाउन खोजे पनि सबै लाई थाहा छ यो नेतृत्व कति अनपपुलर भएको छ। यो सस्थाको साख गिरेको छ। 
 
म आफै निर्वाचित केन्दीय सदस्य भएको र आज हामीले गरेका काम सस्थको भएको बद्नामीले लज्जित हुनु परेको छ। हामीले आपसी सल्लाह गरेनौ ख़ाली यो सस्थालाइ आफू माथि चढ्ने भरयाग बनायौ । हामीले संस्था बलियों बनाएनौ व्यक्ति बलियों बनायौ । सस्तामा अनुशासन क़ायम गर्न सकेनौ । गर्नु पर्ने ठोस र उपलब्धि मूलक काम गर्न सकेनौ । जसको परिणाम आज संस्था घरासायी र बिघटनको सँघारमा पुगेको छ ।
 
हामीले अब अर्को निर्वाचनमा दुई ठुला पार्टी मिलेर बनेको नेकपालाई हराउन मातृ पार्टी नेपाली काँग्रेसलाई धेरै टेवा पुर्‍याउन सक्ने जनसम्पर्क समिति निर्माण गर्नु ज़रूरी छ । चुनाव हारेको यो ५ वर्ष लाई सगठित् र एकता पूर्वक काम गरेर यस लाई उपलब्ध समयको रूपमा उपयोग गरेर काम गर्न सकेनौ भने हाम्रो संस्था मात्र होइन माउ पार्टीलाई पनि धेरै घाटा पर्नेछ । त्यसैले सबै साथीहरूले अब यो समयलाई जनसम्पर्क बलियो बनाउने संस्थाको रूपमा लिन आवश्यक छ ।
 
आनन्द बिष्टजी आमन्त्रित केन्दीय सदस्य बनेको अवस्था , हाम्रो म्याद पनि सकिएको अवस्था छ र यसका लागि वर्तमान नेतृत्वले जन सम्पर्क समिति अमेरिकालाई निकास दिनु ज़रूरी छ ।
 
अव आफ्नो स्वार्थ सिद्दीका लागि संगठन लाई बन्धक बनाएर राख्नु हुँदैन भन्ने मेरो मान्यता हो । यथा स्थितिमा यहॉ अधिवेशन हुने कुनै सम्भावना छैन । ३९ तिर मुख फर्किएको यो म्याद सिद्दीएको समितिलाई पुन: ब्यूताएर पनि अधिवेशन हुने सम्भावना छैन । र साथीहरूले याद गर्नु पर्ने कुरा हो डा. सुरेन्द्र देवकोटाले पनि हिजो पार्टीले मान्यता दिँदा दिँदै पनि सबै लाई समेटेर जान सकिन्छ भने भनेर आफ्नो समितिलाई निर्वाचित समिति भनेर बन्धक बनाइ न राखेर २००९मा न्यू जर्सी वार्ता बाट आनन्द विष्टले नेतृत्व गरेको समिति र आफ्नो समिति लाई बिघटन गरी खग्रेन्द्र जी सी दाइको नेतृत्वमा एकताको दोस्रो महाधिवेशन तयारी समितिको निर्माण भएको थियो । र त्यति खेर डा देवकोटाको म्याद पनि सिद्दीएको थिएन र उनले मेरो समितिको म्याद छ भनेर बखेड़ा निकालेका थिएनन् ।
 
उनले गरेको त्यों त्यागको इतिहासले मूल्याँकन अवश्य गर्ने छ । र त्यों एकता वार्ता गराउने , पहल गर्ने र सारा चाजो पाजो मिलाउने वेद प्रसाद खरेल जीले त्यों एकताको हस्ताक्षर सहितको सम्झौता सार्वजनिक गरेमा शायद सबै लाई त्याग गर्न प्रेरेणणा मिल्थ्यो की ?
 
यो अवस्थामा हामीले अब आपसी विवाद भन्दा माथि उठेर केन्द्र समक्ष सबैको आवाज समेट्न सक्ने तदर्थ समितिको निर्माण र त्यसलाई निश्चित समय तोकेर अधिवेशन गर्ने म्याद लिन लाई पहल गर्ने बेला आएको छ ।
 
यदि यसो गरिएन भने जनसम्पर्क समिति अमेरिकाको विवाद समाधान होला जस्तो मलाई लाग्दैन। अझै पनि हामीले यो संस्था लाई बलियों , एकीकृत र सगठित् बनाउनु ज़रूरी छ । सबै मिलेर तदर्थ समितिको निर्माण, तदर्थ समितिले तोकिएको समयमा सबै लाई समेटेर निर्वाचन गराएर निर्वाचित समितिलाई ज़िम्मेवारी हस्तान्तरण र निर्वाचित समितिले संगठन लाई लिएर, एकीकृत र सगठित् बनाउनु ज़रूरी छ। आउनुस् सबैले त्याग गरौँ र जनसम्पर्क समिति अमेरिकालाई बचाउं । समय आउँछ तर पर्खँदैन । बगेको खोला फर्किँदैन । मलाइ आशा छ सबै लाई त्याग गर्न प्रेरेणणा मिल्थ्यो की ?
जय नेपाल !
 
(लेखक जनसम्पर्क समिति अमेरिकाका निर्बतमान केन्द्रीय सदस्य तथा कानुन विभाग प्रमुख हुन् ।)