मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

दाँत दुखेपछिमात्र डेण्टिसकहाँ जाँदा महंगो पर्छ, दांत डा. रोसी श्रेष्ठ (अन्तरबार्ता सहित)

दाँत दुखेपछिमात्र डेण्टिसकहाँ जाँदा महंगो पर्छ, दांत डा. रोसी श्रेष्ठ (अन्तरबार्ता सहित)


डा. रोसी श्रेष्ठ,  क्रसरोड डेण्टल ग्रुपकी संचालक हुन् । पोखरा मणिपालवाट दाँत सम्वन्धि डाक्टर पास गरेपछि अमेरिका आएर यहाँ पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिईन् । यहाँ पनि दाँत सम्बन्धि डाक्टर सकेपछि उनले विभिन्न स्थानमा काम गरिन् । 
 
दुई बर्ष अघि आफ्नो कामवाट समुदायलाई नै सेवा दिने उद्देश्यले लसएन्जल्समा क्रसरोड डेण्टल ग्रुपको स्थापनामा रोसी सकृय भईन् । अहिले रोसीको क्रसरोड डेण्टलले दाँतसम्बम्धि  विभिन्न प्रकारका विशेषज्ञसेवा दिदै आएको छ । 
 
दाँतसम्बन्घि उनको सल्लाह छ, दाँत दुखेपछि डाक्टर देखाउन जानु भनेको समस्या वढी बोकेर जानु हो, नियमित रुपमा दाँतको परिक्षण गराउनु उपयुक्त हुन्छ । हाम्रो मान्यता दात दुखेपछि डेन्टिशका जाने ठान्छन तर, यो गलत हो नदुखेपनि नियमित रुपमा देखाउनु उपयुक्त हुन्छ उनले भनिन् ।
 
दुखेपछि डेण्टिसकहाँजाँदा उपचार महंगो पर्छ रोसी भन्छिन् दाँत दुख्नु भनेका समस्या वढीसक्यो भन्ने बुझ्नु पर्छ । दाँत माझ्दा रगत देखियो भने डाक्टरकहाँ जानुपर्ने वेला भयो भन्ने वुझ्नु पर्छ उनले भनिन् । 
 
दाँतमा समस्यामा आउन नदिन दिनमा दुई पटक माझ्ने र नियमित रुपमा राम्रोसंग फ्लस पनि गर्नु पर्छ, उनको सुझाव छ ६ महिनामा डेण्टिसकोमा गई सेवा लिनु राम्रो हो । 
 
दाँतको हेरचाह वारेमा डा. रोसी श्रेष्ठसँग हिमालयखवरका लागि डोल्मा लामा र शंकर वाग्लेले लिइएको अन्तवार्ता