मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा चारसयलाई रोजगारी दिने दिपेश भन्छन, नेपालबाट खाली हात ऋण बोकेर आएको हो

अमेरिकामा चारसयलाई रोजगारी दिने दिपेश भन्छन, नेपालबाट खाली हात ऋण बोकेर आएको हो


टेक्सस, (अमेरिका) – टेक्ससमा सबैभन्दा वढी ग्याँस स्टेशन वा स्टोर कस्को छ ? भनेर सोधीखोजी गर्यो भने एउटै नाम प्राय दोहोरहन्छ,  दिपेश श्रेष्ठ ।  दिपेशसँगै यो प्रश्न राख्यौं । तपाईका कति स्टोर, ग्याँस स्टेशन छन् ?  संख्या भन्न अलि अप्ठ्यारो मान्दै उनले भने,–ठ्याक्कै त नभनौं तर, एक सय भन्दा वढी भने छन् । झण्डै ६० जनासँग त पार्टनरसिप (साझेदारी) गरेको छु ।

काठमाडौवाट आईएस्सीको पढाईसकेपछि दिपेश थप अध्ययनका लागि भारत पुगे । त्यहाँ चार्टड एकाउण्टेण्ट पढ्न गएपनि त्यसमा रुची नलागेपछि पढ्नकै लागि २००२ मा अमेरिका आए । उनी काठमाडौको व्यवसायी परिवारमा जन्मिएका थिए । उनको परिवारको चल्तिको इ्टटा कारखाना थियो । त्यसैले उनले आईएस्सी पढेपनि त्यसपछि व्यवस्थापनसँग सम्वन्धि विषयमा आकर्षित भएका थिए ।

विद्यार्थी भिषामा अमेरिका आएपछि उनको विद्यार्थी जीवन प्राय यहाँ आउने सबैको जस्तै बित्यो । अार्थिक अभाव, सघर्ष, पढाई सजिलो भएन । खर्च जुटाउन उनले पनि ग्याँस स्टेशन लगायत विभिन्न ठाउँमा काम गरे ।

काम खोज्दै उनी जागिर दिन सक्ने नेपालीसम्म पनि पुगे । जब पढाई समाप्त भयो, २००७ मा अरु दुई जनासँग मिलेर साझेदारीमा व्यवसाय थाले ।  तीन जनाको साझेदारी थियो । त्यसैले त्यो व्यवसाय लामो समय चलेन । त्यहाँको शेयर बेचेर उनी सन २००९ बाट आफैं व्यवसायमा होमिए ।

अहिले ड्यालस र फोर्टवर्थ वरपर दिपेशको लगानी भएका एकसय भन्दा धेरै स्टोर छन् । यी व्यवसाय भएका स्टोर मध्ये ७० प्रतिशत प्रोपर्टी उनीहरुका आफ्नै हुन । 

 परिवारको साथमा  
 

‘म साझेदारीमा विश्वास गर्छु, त्यसैले ६० जनाभन्दा बढीसँग काम गरिरहेको छु‘ दिपेशले भने,–साझेदारी व्यवसाय चलाउन खासै कठिन छैन म रमाईरहेको छु । कुरा मिल्यो, टिम वर्कमा जान सकियो भने राम्रो हुन्छ ।‘

उनले भन्दैगए–‘म पनि नेपालवाट ऋण बोकेर अमेरिका आएको हो । हात खाली थियो तर, यहाँ मिहिनेत गरेर यो अवस्था सम्म आईपुगेको हुँ । यतिका धेरै साझेदारसँग फे्रन्चचाइज मोडलमा साझेदारी व्यवसाय अघि वढाईरहेको छु ।‘

ग्याँस स्टेशन र स्टोरवाट उनले व्यवसायलाई विस्तारै विविधिकरण पनि गरिरहेका छन् । अहिले म रियल स्टेट, आईटी लगायत अन्य व्यवसायमा पनि हात हालेका छन् ।

भरखरै खुलेको उनको आईटी कम्पनीले यहाँ काम लिई नेपालमा समेत पठाउने गरेको छ । ‘हामी यहाँ आईटीको काम लिन्छौ नेपालमा गराउँछौं । यो शुरुआती चरणमा भएपनि राम्रो गरिरहेको छ, वढ्ने चरणमा छ‘ दिपेशले भने । भरखर्र क्याण्डी उद्योगमा पनि उनले हात हालेका छन् ।

झण्डै १५ बर्ष अघि जागिर खोज्दै टेक्ससमा भौतारिएका दिपेशका व्यवसायमा अहिले चारसय भन्दा बढीले रोजगार पाईरहेका छन् । रोजगारी पाउने विभिन्न देशका छन् तर, नेपालीको संख्या धेरै छ, दिपेशले भने ।

सफलताको कारण के हो ? दिपेश भन्छन् पहिलो मेहिनेत हो । म समान्य व्यक्ति नै हुँ । तर, गोल ओरिण्टेड छु, पढ्दा पनि कम पढेर बढी नम्बर कसरी ल्याउने यो जुक्ति लगाउँथें, अर्को समय व्यवस्थापन पनि हो ।

‘काममा निरन्तरता हुनुपर्यो निरन्तर लागि पर्नु पर्यो म अहिलेपनि सातै दिन काम गर्छु । छुट्टी छैन' दिपेशले भने–‘अरुवाट पनि सधैं नयाँनयाँ कुरा सिकिरहेको हुन्छु ।'

निवास 
 

काठमाडौमा व्यापार व्यवसाय भएको परिवारमा जन्मेर अमेरिकामा सफल व्यवसायी दिपेश नेपालको व्यवसायिक वातावरणका बुझ्न नपाएको बताउँछन् । ‘मैले नेपालको व्यवसायिक वातावराणका वारेमा बुझ्ने समय पाएको पाइन । व्यवसायमा जे सिकें यही जानेको हो,‘उनले भने । तर, उनले केही लगानी भने नेपालमा पनि गरेका छन् । आउने दिनमा नेपालमा होटलमा लगानी गर्ने उनको इच्छा छ । तर, यो सुरुआत भने हुन सकेको छैन ।'

यहाँ (अमेरिकामा) रेट अफ रिटर्न अर्थात प्रतिफल (नाफा) धेरै राम्रो छ, पैसा कमाउने यहाँ धेरै अवसर र क्षेत्र छन्, दिपेश भन्छन्–‘नेपालमा अवसर छ भनिन्छ तर, म यहाँ झन वढी अवसर देख्छु । यहाँ पैसा कमाउने धेरै ठाउँ छन् । मलाई यहाँ जहाँ पनि पैसा कमाउन सकिन्छ जस्तो लाग्छ ।'

स्टोर वा ग्याँस स्टेशन व्यवसाय कस्तो हो ? उनी भन्छन्यो- 'कम जोखिम भएको आधारभुत व्यवसाय हो कम फाइदा होला तर, निरन्तर पैसा आउँछ ।'

व्यवसाय भनेको समस्याको समाधान हो, दिपेशले भने हाम्रो आफ्नै संस्थागत सिस्टम छ तर, पनि कहिले काहीँ रात विरात जरुरी पर्दा म आफैं व्यवसायमा पुगेर समस्या समाधन गर्छु । मेरो नाफा भनेको यही हो ।

नेपालीहरु धेरै जनाको ग्याँस स्टेशन स्टोरमा लगानी छ प्रतिस्पर्धा छैन ? उत्तरमा दिपेश भन्छन, छैन । हामी यति ठूलो ठाउंमा छौं कि प्रतिस्पर्धा गर्न पर्ने स्थितिमै पुगेका छैनौं । नेपालको यहाँ एक हजार जति ग्याँस स्टेशन वा स्टोर होलान । १० औं हजार यस्ता व्यवसाय रहेको ठाउंमा यो के ठुलो भयो र प्रतिस्पर्धा हुने । हामी प्रतिस्पर्धा गर्ने तहमा पुगेकैं छैनौं ।

दिपेश श्रेष्ठ

आफ्नो सफलताको जस कसलाई दिनुहुन्छ ? उनी यसको जस परिवार र साथीहरुलाई दिन्छन् । मेहिनेत र म सँग हुनुभएका साथीहरु पनि मेरो सफलताको कारण हो दिपेशले भने –‘परिवारको सहयोग राम्रो छ । जति व्यवसाय गरेपनि भएपनि राति मज्जासँग निदाउन सक्नु पर्यो मेरो विजनेस इथिक्स यही हो । नत्र जीवन रमाइलो नै भएन दिनेश भन्छन,–‘टेन्सन (तनाव)मा बसेर काम हुँदैन गर्ने पनि होइन ।'