मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाभित्र असन्तुष्ट रविना समुह र संस्थापन पक्षबीच वार्ता

एनआरएन अमेरिकाभित्र असन्तुष्ट रविना समुह र संस्थापन पक्षबीच वार्ता


हिमालयखवर संवाददाता
अमेरिका – एनआरएन अमेरिकाको गत निर्वाचन अनियमितता गरेर आफुलाई पराजित गरिएको दावी गर्दै अाएकी रविना थापाले सहमतीमा आउन तयार रहेको भन्दै यसका लागि आफ्ना केही कुराहरू सम्वोधन गर्नु पर्ने माग राखेकी छिन् । 
 
टेक्ससको डलासमा आइतवार क्षेत्रीय संयोजक गौरी जोशीको पहलमा संयुक्त छलफल भएको थियो । वैठकमा रविना थापा, नारायण थापा लगायत एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, वरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष उमा कार्की, एनआरएनएका सल्लाहकार हरिबोल भण्डारी, ड्यालसका सकृय व्यक्तीत्वहरूको सहभागिता थियो ।
 
उक्त अवसरमा रविनाले एनआरएन अमेरिकाका विभिन्न समितिमा सबैलाई समेटेर लैजानु पर्ने माग राखेकी थिईन । यो मागमा एनआरएन अमेरिकाका अध्यक्ष डा पौडेलले आफु सहमत भएको जनाउँदै आउने महिना हुन लागेको साधारण सभामा पुर्व तयारी गरेर जान सकिने बताएका थिए । कसरी सहमती गरेर जान सकिन्छ यसका लागि वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा समिति वनाउने सहमति भएको छ ।
 
रविनाले राखेका अधिकांश माग एनआरएन अमेरिका भित्र संस्थागत सुधारसँग सम्वन्धित छन् । 
 
एनआरएन अमेरिकाको गत निर्वाचनपछि नै रविना असन्तुष्ट थिईन । निर्वाचनमा धाँधली गरेर आफुलाई हराईएको दावी गर्दै आएकी रविनाले अमेरिकी अदालतमा जाने सम्मेको घोषणा गरेकी थिईन । एनआरएन अमेरिकाकी पुर्व उपाध्यक्ष रविनाले एनआरएनए विश्व सम्मेलनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिईन । 
 
केही साता अघि देखि उनले आउने महिना हुन लागेको साधारण सभा रोक्न आग्रह गरेकी थिईन । उक्त साधारण सभा गर्न नदिन अदालतसम्म जाने उनले सार्वजनिक गरेकी थिईन । 
 
यो वार्ताले साधारण सभाको अन्यौल हाललाई टरेको छ । वैठकमा कानुनी प्रकृयामा जाँदा लागेको शुल्कका बारेमा पनि कुरा उठेको थियो । 
 
वैठकमा आईसीसी सदस्य वेद बस्नेत, एनआरएन अमेरिकाका सल्लाकार गोविन्दकुमार श्रेष्ठ, नविन कोइराला, नेपाली समाज टेक्ससका निरज पन्त, एनआरएन अमेरिकाका युवा संयोजक स्वराज खाती, पत्रकार कृष्ण केसी लगायतको सहभागिता थियो ।