मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रा. अधिकारीले अमेरिकामा पाए टेली अवार्ड

प्रा. अधिकारीले अमेरिकामा पाए टेली अवार्ड


टेक्सस (अमेरिका) – अमेरिकाको सबैभन्दा पुरानो नेपाली संस्था एएनएका अध्यक्ष प्रा. मेदिनी अधिकारी टेली अवार्डबाट सम्मानित भएका छन्। 
 
सन् १९७९ बाट प्रदान गरिदै अाएको उक्त अवार्ड यसपटक अधिकारीले प्राप्त गरेका हुन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ दिइने यो अन्तराष्ट्रिय पुरस्कारलाइ सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कारका रूपमा लिइन्छ ।
 
अधिकारीले १२ हजार प्रतिस्पर्धी उछिन्दै यो अवार्ड पाएका हुन् । निर्णायकको मूल्यांकन र पब्लिक भोटिङ्ग समेतको आधारमा विजयी घोषणा गरिने टेलि अवार्डका लागि उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाइ उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वर्ल्ड टेलिभिजनले २०१६ मा लिएको अन्तवार्तालाइ निर्णायकहरुले छनोटको मुख्य आधार बनाएका थिए । 
 
अधिकारी नेपालको झापा जिल्लामा जन्मेर सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका अाएका थिए । 
 
इक्विालिटि फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसन मार्फत नेपालको दुर्गम गाँउहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिकबृदिमा दिएको योगदानका लागी पुरस्कार प्रदान गरिएको अवार्डको वेवसाइटमा उल्लेख छ । अधिकारीले अन्तिम प्रतिष्पर्धामा हलिउड स्टार म्याथ्यू म्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनलाइ उछिनेका थिए ।