मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युएनए सम्मेलनको मुख्य फोकस विजनेस फोरम

युएनए सम्मेलनको मुख्य फोकस विजनेस फोरम


हिमालयखवर संवाददाता 
अमेरिका- अमेरिकाको टेक्सस डलासमा मे २६ र २७ मा युनाईटेड नेप्लिज एशोसिएशन (युएनए) सम्मेलनमा विदेशमा सफल व्यवसायी शेष घलेले प्रमुख अतिथिका रूपमा मतव्य दिने भएका छन् । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा अष्ट्रलियाका एक सय जना धनीको सूचीमा परेका घले आफ्नै मेहिनेतले विदेशमा सफल भएका नेपाली व्यवसायी हुन् । 
 
अमेरिकामा ठुलो सम्भावना बोकेको दोस्रो पुस्ताका युवाहरूको ठुलो जमातलाई लक्षित गरी युएनए सम्मेलन गरिएको हो युएनएका अध्यक्ष पासागं लामाले भने, शेष घलेको विदेशमा सफलता आफैँमा उहदारण हो यसबाट प्रेरणा लिन सकिन्छ भनेर उहाँलाई कार्यक्रममा निम्त्याएका हौँ । 
 
सम्मेलनमा घलेले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले सहभागीका जिज्ञासाको उत्तर पनि दिने छन् । घलेसगैं उहाँकी पत्नी जमुना पनि सम्मेलनमा भाग लिने कार्यक्रम छ । यसबाहेक युएनए सम्मेलनमा नेपालबाट केही वरिष्ठ अधिकारीहरूको पनि सहभागिता हुने बताइएको छ । 
 
युएनए सम्मेलनमा खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम पनि हुने छन् । तर, हाम्रो मुख्य फोकस भनेको विजनेस फोरमनै हो पासांगले भने यहाँ हुकिंदै गरेका नेपाली युवाहरूले प्रेरणा लिन सकुन भन्ने उद्देश्यले विजनेस फोरम महत्त्वपूर्ण भएको हो ।