मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले र माओवादी केन्द्रबीच बिहीबार एकता गर्ने निर्णय

एमाले र माओवादी केन्द्रबीच बिहीबार एकता गर्ने निर्णय


काठमाडौँ । नेकपा (एमाले)को बुधबारको स्थायी कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गरेको छ । 
 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता गर्ने निर्णय गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गरेको छ ।
 
एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने छ । ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य रहने छ । केन्द्रीय कमिटीमा २४१ एमाले र २ सय माओवादीका  रहनेछन् । 
 
स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए । 
 
प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । बैठकमा एक /दुई दिनमै पार्टी एकता हुने जानकारी गराएको एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बिहीबार बिहान संयोजन समितिको बैठकले मिति तय गरेमा त्यसपछि बोलाइएको एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठकले अनुमोदन गर्ने बताउँदै भने, “लामो समयदेखि एकताको मिति पर्खिरहेका वाम कार्यकर्ता र आम जनताले अब कुर्नुपर्ने दिन सकियो । विधि र प्रक्रियाका काम सकेर चाँडै एकता हुन्छ । अबको संयोजन समितिको बैठक कोशेढुंगा सावित हुनेछ ।” 
 
दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व ९सहअध्यक्ष० गर्ने लगायत विषयमा सहमति भइसकेको छ । 
 
गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए । 
 
यसैगरी, एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी हुने बताइएको छ ।  एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ ।
 
भण्डारी र आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी  निधन भएको थियो ।