मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डिभी लटरी २०१९ खुल्यो

डिभी लटरी २०१९ खुल्यो


हिमालयखवर संवाददाता
अमेरिका-
अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो उपाय डाइभर्सिटी भिसा (डिभी)को नतिजा २०१९ सार्वजनिक भएको छ । अमेरिकामा बसाई सर्ने इच्छा भएर  डिभी भर्नु भएको छ भने https://www.dvlottery.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर जाँच गर्न सकिने छ । आफूलाई डिभी परेनपरेको थाहा पाउने यो एक मात्र उपाय हो । 
 
काठ्माडौ स्थित अमेरिकी दूतावासले डिभीसम्बन्धमा गरिने गलत हल्लाबाट सावधान रहन सचेत गराएको छ । दूतावासले डिभी विजेतालाई डिभी प्राप्त भएको जानकारी गराएको भन्दै कुनै पनि इमेल पठाउँदैन । यस्तै दूतावासले भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क वुझाउनुहुन भन्दै इमेल, पत्र वा कुनै खालको अनुरोधपनि नपाउने दूतावासले जनाएको छ । 
 
डिभी अमेरिकामा ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो उपाय हो । केही वर्ष यता सयौँ नेपाली डिभी मार्फत ग्रिनकार्ड पाएर अमेरिका आई बसोबास गरिरहेका छन् । डिभी मार्फत ग्रिनकार्ड पाएको पाँच वर्षमा अमेरिकाको नागरिकताका लागि आवेदन दिन पाइन्छ । २, ३ वर्ष यता अमेरिकामा नागरिकता लिने नेपालीको संख्या करिब ५ हजारको हाराहारीमा छ ।
 
गत वर्ष डिभीवाट करिब ३ हजार नेपाली अमेरिका आएको अनुमान छ । डिभी ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो माध्यम भए पनि अमेरिका आईसकेपछि कडा मेहिनेत भने गर्नु पर्ने हुन्छ । डिभी पाएर आउँदा सुरुमा बस्न, काम पाउन लगायत अन्य व्यवस्थापन गर्नु सजिलो हुदैंन । 
 
यस पटक डिभी भर्नेको संख्या करिब २ करोड पुगेको अनुमान छ । यस मध्ये करिब ५० हजारले अमेरिका आउने मौका पाउने छन् ।  अमेरिकामा तुलनात्मक रूपमा कम जनसंख्या भएका देशका नागरिकले डिभी भर्न पाउँछन् ।
 
नेपाल लगायत युरोप र अफ्रिकाका देशका नागरिकले डिभी भर्न पाउँछन् । भारत, चीन, बंगलादेश, मेक्सिको लगायतका देशका नागरिकलाई भने डिभी भर्ने सुविधा प्राप्त छैन ।  नेपालवाटपनि हज्जारौंले डिभी भर्ने गरेका छन् । नेपालबाट कतिजनालाई यस पटक डिभी पर्‍यो सार्वजनिक भएको छैन ।