मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिका कार्यसमिति बैठकमा उपाध्यक्ष र महासचिव बिच भनाभन

एनआरएन अमेरिका कार्यसमिति बैठकमा उपाध्यक्ष र महासचिव बिच भनाभन


हिमालयखवर संवाददाता 
अमेरिका- क्षेत्रीय उपाध्यक्ष जेदु पोखरेलले मे १३ मा आदरणीय एनआरएनए बोर्डका सम्पूर्ण साथीहरू भन्दै लेखेको पत्रमा शनिवार साँझमा भएको हाम्रो बोर्ड मिटिगंमा महासचिव बाबुराम लामाले गरेको ज्यादती व्यवहार प्रति मेरो आपत्ति छ, कम्फे्रन्सकल मिटिगंमा हेडक्वाटर (एनआरएन सचिवालय) बनाउने बारेमा गम्भीर छलफल हुँदा हुदैं मेरो फोनलाई म्यूट मात्र होइन मलाई डिस्कनेक्ट गरी उक्त मिटिंगवाटै हटाइयो भन्ने उल्लेख गर्दै महासचिव लामालाई कारबाहीको माग गरिएको छ। 
 
यो पत्र पछि महासचिव लामाले पनि उपाध्यक्ष पोखरालाई सम्बोधन गर्दै उक्त माग प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यसमितिलाई उपाध्यक्षलाई कारबाही गर्न अनुरोध गरेका छन्।
 
उपाध्यक्ष पोखरेलको पत्रमा भनिएको छ संस्थाको महासचिवको काम र कर्तव्यको सीमा थाहा नभएका लामाले पदको दुरुपयोग गरिरहँदा अब हामी किन मौन रहने भन्ने प्रश्न गर्दै महासचिवको त्यो एकाधिकार शैली बारम्बार ब्यहोरिरहेका छौ। तर, उक्त शैली सुधारीनुको सट्टा झन् झन् बढिरहनु संस्थालाई हानिहुने निश्चित छ । 
 
उपाध्यक्षको उक्त पत्रको जवाफमा महासचिव लामाले बोर्डलाई पठाएको पत्रमा महोदयको जानकारीको लागि बैठक सञ्चालन गरिरहेको व्यक्ति चाहे त्यो महासचिव हो वा अरू कुनै उसको जिम्मेवारी भनेको बैठकलाई अपहरण हुनबाट बचाउनुको साथै सबै सहभागीहरूको बराबर अभिव्यक्ति राख्ने अधिकारीलाई सुरक्षित राख्नु हो भन्ने उल्लेख छ । 
 
एनआरएन अमेरिकाको सचिवालय कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहँदा उपाध्यक्ष र महाचिव बिच यस्तो विवाद भएको हो । उपाध्यक्ष पोखरेलले वासिंटन डिसी राजधानी भएकाले त्यस नजिक एनआरएन सचिवालय राख्दा उचित हुने दाबी गरेका थिए । वासिंटन अमेरिकाको राजधानीका साथै न्यूयोर्क भन्दा आवत जावत गर्न सजिलो र सस्तोपनि पर्ने भएकाले डिसी वरपर राख्नुपर्ने दाबी पोखरेलको छ। 
 
एनआरएन अमेरिकाको कार्यसमितिले भने उपाध्यक्ष र महासचिवको मागका बारेमा कुनै प्रतिकृया दिएको छैन । एनआरएन अमेरिकाको कार्यसमिति बैठकमा बोल्न पाउनु पर्ने विवाद टेक्ससको ह्स्टन बैठकमा पनि उठेको थियो ।