मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली


काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताएका छन् ।
 
युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे । 
 
उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”
 
एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाज अनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे । 
 
अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा गरे । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उनले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे ।