मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भिषा सकिने विद्यार्थीलाई अमेरिकाले थप कडाई गर्दै

भिषा सकिने विद्यार्थीलाई अमेरिकाले थप कडाई गर्दै


हिमालयखवर संवाददाता-
अमेरिका । विद्यार्थी भिषामा आएर पढाई सकेपछि आफ्नो देश फिर्ता नहुने प्रति अमेरिकाले थप कडाई गर्ने नीति ल्याएको छ । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुक्रवार पढाई सकिएपछि पनि यहाँ बस्ने विद्यार्थीलाई कडाई गर्ने उक्त नीतिको मस्यौदा सार्वजनिक गरेको हो । 
 
आउने अगस्ट ९ देखि लागु हुने भनिएको उक्त नीतिमा पढाई पछि यहाँ रहंदै आएका विद्यार्थीको गणना प्रकृयामा परिवर्तन गरिएको छ । यस नीति अनुसार जब विद्यार्थी भिषा (एफ १) को अवधि सकिन्छ त्यसपछि इमिग्रेशन स्ट्याटस समाप्त भएको मानिने छ । 
 
एफ १ भिषामा आउनेका लागि पढाई सकेपछि ६० दिन यहां वस्न दिने गरिन्छ । यो अवधि पछि विद्यार्थीले कि अमेरिका छाडेर जानु पर्ने छ, होइन भने अर्को वर्क भिषा वा अर्को स्ट्याट्समा जानु पर्ने हुन्छ । 
 
यो नीतिले अमेरिकामा पढाई गरिरहेका हज्जारौं नेपाली विद्यार्थी पनि प्रभावित हुने छन । बार्षिक करिव १० हजार नेपाली विद्यार्थी अमेरिकाका विभिन्न विश्वविद्यालयमा पढाईका लागि आउने गर्छन । यदी कुनै पनि विद्यार्थी १८० दिन गैरकानुनी रुपमा अमेरिका वस्छन् भने उसलाई पुन अमेरिका पस्न ३ देखि १० बर्षसम्म प्रतिवन्ध लाग्ने छ । 
 
यो नीतिले पढाई सकेपछि वर्क परमिट नपाउने, अर्को स्ट्याटसमा पनि जान नसकेका विद्यार्थी प्रभावित हुने छन् ।  गैर कानुनी रुपमा अमेरिका वस्ने विद्यार्थी डिपोर्टेशनमा पर्ने सक्छन् । 
 
नेपालपनि अमेरिकामा धेरै विद्यार्थी पठाउने २० मुलुक भित्र पर्छ । अमेरिकामा चीन र भारत वढी विद्यार्थी पढाउने पहिलो र दोस्रो नम्बरमा पर्छन । तस्बिर: सामाजिक संजाल