मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘पार्टी दिन्छु म’ म्युजिक भिडियोमा जम्दै सूर्य र रिनाको दमदार जोडी

‘पार्टी दिन्छु म’ म्युजिक भिडियोमा जम्दै सूर्य र रिनाको दमदार जोडी


चितवनका लोकप्रिय युवा व्यवसायी एवम् म्यूजिक भिडियोमा चर्चित मोडल सूर्य रेग्मी र रिना थापाकोे बेजोड अभिनय रहेको ‘पार्टी दिन्छु म’ बोलको गीत सार्वजनिक भएको छ ।
 
गायक मनिष खड्का र लोकदोहोरी गायिका उमादेवी खनालले यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको सो गीत अहिले चर्चामा छ । मालती डिजिटल प्रालिको प्रस्तुति रहेको गीतमा लय र शब्द मनिस खड्काको रहेको छ । यस गीतको म्यूजिक भिडियोमा चर्चित मोडल सूर्य रेग्मी र रिना थापाकोे बेजोड अभिनय रहेको छ ।
 
माया प्रेमलाई विषयबस्तु बनाएर प्रस्तुति गरिएको यस गीतको म्यूजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । मे ३ मा म्युजिक नेपालले यूट्युवमा अपलोड गरेको यो भिडियो २ लाख ९७ हजार ४०० जनाले हेरिसकेका छन् । गीत सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाइरहेको र गीत सुनेर बधाई दिनेहरुको भीड नै लागेको सूर्य रेग्मीले बताएका छन् ।