मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भाटभटेनीमा विप्लव कार्यकर्ताले गराए बम विष्फोट (भिडियो सहित)

भाटभटेनीमा विप्लव कार्यकर्ताले गराए बम विष्फोट (भिडियो सहित)


चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट गराएका छन् ।
 
आइतबार बिहान ३ः४५ बजे मोटरसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । 
उनले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको बताए । 
 
एसपी थापाले भने, “सिसि टिभीको फुटेजबाट मोटरसाइकलमा आएका दुईमध्ये एक जनाको पहिचान भइसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भइरहेको छ ।” 
 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार आयोजना गरेको बन्द सफल बनाउने अभियानअन्तर्गत बम विष्फोट गराएको हुन सक्ने चितवन प्रहरीले जनाएको छ ।
 
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विप्लव समूहले सुतरी बम पड्काउँदा भाटभटेनी भवनको अगाडिका सिसा फुटेको र अहिले जिल्ला सुरक्षा कडा बनाउँदै सुरक्षामा खलल पु¥याउने टोलीको खोजी कार्य तीव्र पारिएको बताएका छन् । 
 
बिहानको समयमा होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा बम विष्फोट भएकाले कुनै मानवीय क्षति नभएको र भौतिक क्षतिका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
बम विष्फोटका कारण नजिकैको होटल रोयल सेन्चुरीमा समेत केही क्षति पुगेको छ ।