मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘लेऊ न जोवन पास गरी…’ बोलको लोकदोहोरी एल्बम सार्वजनिक (हेर्नुहोस् भिडियोमा)

‘लेऊ न जोवन पास गरी…’ बोलको लोकदोहोरी एल्बम सार्वजनिक (हेर्नुहोस् भिडियोमा)


काठमाडौँ । चर्चित लोकगायक खुमन अधिकारी र गायिका दुर्गा सापकोटाको सुमधुर आवाजमा नयाँ लोकदोहोरी गीति एल्बम ‘पास गरी’ हालै सार्वजनिक भएको छ । 
 
मोफसलमा रहेर विगत लामो समयदेखि निरन्तर गीतसंगीतमा लागिपरेकी चर्चित लोकदोहोरी गायिका दुर्गा सापकोटाले एकपछि अर्को उत्कृष्ट गीत बजारमा पस्कँदै आएकी छन् । माया-प्रेममा आधारित झ्याउरे बिटको लोकदोहोरी दुर्गा सापकोटा र राजकुमार श्रेष्ठले बजारमा ल्याएका हुन् । 
 
एकपछि अर्को चर्चित गीतहरु पस्कँदै आमदर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल नेपाली लोकसंगीतका धरोहर गायक हुन्, खुमन अधिकारी । उनी लामो समयदेखि लोक गीतको स्वर विधामा अब्बल रहँदै नयाँ गीत बजारमा आउनेक्रम जारी राखेका छन् । 
 
यसैक्रममा भर्खरैमात्र नयाँ गीत सार्वजनिक भएको छ । सबै क्षेत्रमा अब्बल साबित गरिसकेका गायक अधिकारीका कर्णप्रिय गीतहरुले बजारमा धमाका मच्चाउँदै गरेका बेला जादुमय स्वरले भरिएको यस गीतले छोटो समयमा हजारौँ दर्शक श्रोताको मन जित्न सफल हुने विश्वास गरिएको छ ।
 
चर्चित गायक तथा सर्जक खुमनको लय, शब्द रहेको गीतमा उनलाई निकै पृथक रुपमा गीत गाउन सक्ने चर्चित लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाले साथ दिएकी छन् ।
 
आशिष म्युजिक प्रालिले बजारमा ल्याएको गीतलाई चर्चित निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने नवीन घर्तीमगरले गरेका हुन् । भिडियोमा करिस्मा ढकाल र राजकुमार श्रेष्ठले जोडदार अभिनय छ । 
 
स्मरण रहोस्, दुर्गाको यसअघि औँला भाँची गन्दा, सुपारी काँचो, माइती माया र पाली टिनैको लगायतका चर्चित गीत बजारमा आइसकेका छन् ।