मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकाको ग्याँस स्टेशनमा १७ /१८ घण्टाको काम देखि यूलेस सिटी काउन्सिल उम्मेदवारसम्म

अमेरिकाको ग्याँस स्टेशनमा १७ /१८ घण्टाको काम देखि यूलेस सिटी काउन्सिल उम्मेदवारसम्म


टेक्सस राज्यमा पर्ने सिटी अफ युलेसका लागि सिटी काउन्सिल सदस्य सलमान भोजनी अल्पसंख्यकलाई प्रतिनिधित्व गर्ने मुद्दा बनाउँदै चुनावी अभियानमा छन् । नेपाली, भारतीय लगायत अल्पसंख्यक समुदायको ५५ प्रतिशत जनसंख्या रहेको युलेसमा सिटी काउन्सिलका लागि आउँदो मे ५ मा निर्वाचन हुँदैछ । 
 
हिमालयखबर संवादका लागि उनीसँग अन्तवार्ता गर्दा उनले आफ्नो सघर्षका अनुभव पनि सुनाए । उनका सघर्षका दिनपनि अवसरको खोजीका लागि अमेरिका आउने प्रवासीका जस्तै छैन। 
 
तर, अहिले सल्मान भोजनी अल्पसंख्यक समुदायलाई मजबुत गर्नु पर्छ भन्ने एजेण्डा बनाएर सिटी काउन्सिल सदस्यका लागि प्रतिस्पर्धी भएका हुन् । 
 
‘मेरो चुनावी  अभियान राम्रोसँग गइरहेको छ, यस शहरमा बसोबास गर्ने विविधायुक्त जनसंख्यासम्म पुग्न सबै माध्यम उपयोग गरेकोछु। यसमा कडा मेहनत पनि परेको छ,’ हिमालय खबरसँगको संवादका क्रममा उनले भने ।
 
तपाईँले आफ्नो जीवनमा कस्ता सघर्ष गरेर आफूलाई अहिलेको अवस्थामा रूपान्तरण गर्नु भयो ? हिमालयखवर संवादका लागि भीषण न्यौपानेले गरेको प्रश्नमा उनले भने– ‘शुरुका दिनमा मैले ग्याँस स्टेशनमा काम शुरु गरेँ । त्यस क्रममा १२ देखि १८ घण्टा त्यहाँ काम गरेँ । त्यहाँ भुईपुछ्ने देखी ट्वाइलेट सफा गर्ने सम्मका काम गर्थे, क्यास रजिष्ट्रारमा पनि गएर ग्राहक लिन्थेँ ।
 
यसरी काममा परिश्रम लगन र कडा मेहनेतपछि २००३ मा मैले ग्याँस स्टेशन किनेँ । त्यस पछि मैले ४ वटा थप ग्याँस स्टेशन किने । यसरी ग्याँस स्टेशन मात्र बढाइरहने भन्दा समुदायका लागि पनि केही गर्ने भन्ने लागेपछि म पढ्न भनेर ल स्कुलमा भर्ना भएँ । बिहान आफ्नो व्यवसायमा काम र साँझ ल स्कुलमा पढाई गर्दै चार वर्ष बिताएँ । यसरी मैले ४ वर्षको पढाई सकेपछि मैले यहाँको राम्रो ल फर्ममा काम गर्न पाएँ । त्यसपछि बिस्तारै मेरो यस सिटीमा काम गर्ने यात्रा शुरु भयो ।’ 
 
तपाईका सिटी काउन्सिलमा जान खोज्नुको के एजेन्डा छन् त ? यो प्रश्नमा उनले भने ५५ प्रतिशत युसिलको जनसंख्या अल्पसंख्यक रहेका र भारत, पाकिस्तान, नेपाल, अफ्रिकन अमेरिकन, स्पेनिस टंगा लगायतका थुप्रै अल्संख्यक समुदाय यहाँ रहेको उल्लेख गर्दै आफ्नो उम्मेदारी यही समुदायको उत्थान र प्रगतिका लागि भएको उल्लेख गरे । ‘सिटी काउन्सिलमा यस्तो अल्पसंख्यक समुदायलाई बुझ्ने हेर्ने पदाधिकारी छैनन् । यही हाम्रो अल्पसंख्यक समुदाय आवश्यकता प्रतिनिधित्व गर्ने मेरो एजेण्डा हो,’ उनले अगाडी भने । 
 
‘अल्पसंख्यक र कानुन विषयको पनि ज्ञाता भएका अहिले सिटी काउन्सिलमा छैनन् । यहाँ बस्ने विविधायुक्त जनसमुदायलाई  यहाँको स्थानीय निकाय सिटीमा जोड्न म निर्वाचनमा खडा भएको हुँ । यस युलिस सिटीमा सानो व्यवसाय गर्ने समुदायलाई सहयोग गर्ने पनि मेरो एजेण्डा छन्,’ उनले भनेका छन् ।  
 
निर्वाचन जित्नु सजिलो नभएपनि यहाँको विविध अल्पसंख्यक समुदायसँग परिवर्तनका लागि म उठेको उनले बताएका छन् । नेपालीले मनाउँदै आएको होली, क्रिकेट मैदान निमार्ण जस्ता विषयमा पनि उनले आफ्ना धारणा राखेका छन् । 
 
‘केही हजार नेपाली समुदाय, देशी समुदायको संख्या पनि ठुलो छ परिवर्तनका लागि उहाँहरूलाई परिवर्तनका लागि आफ्नो भोट हाल्न म अनुरोध गर्छु । मलाई नै भोट गर्नु पर्छ भन्ने छैन तर, जसलाई भए पनि भोट गर्न आग्रह गर्छु, तपाईँ यहाँ बस्नुहुन्छ र राजनीतिक अधिकारपनि खोज्नुहुन्छ भने भोट गर्न जानै पर्छ,’ उनले संवादका क्रममा भनेका छन् ।
  
(भोजनीसँगको वृस्तृत सम्वादका लागि तलको विशेष कुराकानीको भिडियो हेर्नुहोला।)