मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मिस नेपाल २०१८ श्रृखला खतिवडा कि आमा भन्छिन् मिस नेपाल प्रतियोगिता हामी कम्युनिष्टले पहिले बुझे जस्तो होइन रहेछ

मिस नेपाल २०१८ श्रृखला खतिवडा कि आमा भन्छिन् मिस नेपाल प्रतियोगिता हामी कम्युनिष्टले पहिले बुझे जस्तो होइन रहेछ


हालै घोषित मिस नेपाल २०१८ श्रृखला खतिवडा की आमा मुनु सिग्देल छोरी मिस नेपाल भएको निर्णय सुनाउँदा नेपाल देखि धेरै टाढा मेक्सिकोको गाउँमा घुम्दै थिइन । प्रतियोगिताकै मेला एमालेकी स्थानीय नेता तथा विधायक सिग्देल प्रान्तीय सरकारले कसरी काम गर्छ त्यस बारेमा अध्ययन भ्रमणका क्रममा मेक्सिको र अमेरिका भ्रमणमा निस्केकी थिइन । 
 
कम्युष्टि परिवारमा जन्मे हुर्केकी छोरी मिस नेपाल भइन भनेर टीकाटिप्पणी आइरहेको छ ,तपाईँ के भन्नुहुन्छ हिमालयखवरका लागि संवाददाता डोल्मा लामाले  श्रृखला की आमा मुनुलाई लसएञ्जल्समा यस्तो प्रश्न गर्दा उनले भनिन्  मिस नेपाल प्रतियोगिता हामी कम्यूनिष्टले पहिले पहिले बुझेजस्तो होइन रहेछ । 
 
 मिस नेपाल श्रृखला खतिवडा की आमा एमाले पार्टीबाट विद्यायक हुन् । बाबु विरोध खतिवडा पनि एमाले पार्टीबाट संसद् छन् । 
 
अन्तवार्ताका क्रममा उनले भनिन् मिस नेपाल २०१८ घोषणा हुदां म मेक्सिकोको एउटा गाउँमा थिएँ मैले त्यही मेरी छोरी मिस नेपाल भइन भन्ने थाहा पाएँ त्यस बेला मलाई यस्तो लाग्यो मेरो छोरीको सपना पुरा भयो । 
 
म नेपालबाट उड्दा पार्टीको सांसदका रूपमा आएको थिए फर्किँदा मिस नेपालको आमाका परिचय पाएर जाँदै छु उनले भनिन् आफ्नो सन्तानले प्रगति गर्दा आमालाई आफू पूर्ण भएजस्ता लाग्दो रहेछ । केही निगरानी गरे पनि स्वतन्त्रता दिएर सन्तानलाई हुर्काएको बताउँदै मुनुले भनिन सन्तानलाई आत्मक निर्भर हुन सिकाउनु पर्छ हामीले त्यही गरेका थियौँ । तस्बिर: अनि शाक्य 
 
(हेरौँ अमेरिकामा मिस नेपाल श्रृखला खतिवडा की आमा मुनु सिग्देलसंग हिमालयखबरका डोल्मा लामा र शंकर वाग्लेले गरिएको कुराकानी )