मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बहुप्रतिक्षित चलचित्र ‘भैरे’ सुपरहिट हुने दाबी

बहुप्रतिक्षित चलचित्र ‘भैरे’ सुपरहिट हुने दाबी


काठमाडौँ । विदेश गएरमात्रै आर्थिक उन्नति हुन्छ भन्ने गलत मानसिकताका कारण प्रायःजसो नेपालीहरु अवसरको खोजीमा दिन प्रतिदिन परदेश हान्निने गर्छन् । अधिकांश नेपाली युवाहरु विदेश पलायन हुनेक्रम जारी नै छ । 
 
तर, चलचित्र निर्माता लेखबहादर पुन ‘डेनिम’मात्र यस्ता अपवाद हुन्, जसले लाहुरे परम्परालाई तोड्दै स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने दृढ विश्वासकासाथ नेपाली चलचित्र क्षेत्रमा अगाडि बढिरहेका छन् ।  
 
बुटवलमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन ‘डेनिम’प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘भैरे’ का कार्यकारी निर्माता हुन् । 
 
बाजे रणबहादुर पुन, बाबा वीरबहादुर पुन र आमा मोतीकुमारी पुनको कोखबाट बुटवलमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका लेखबहादुर पुन  ‘डेनिम’ पेशाले कपडा व्यापारी पनि हुन् । 
 
चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको इमान्दारिता, मिहिनत, लगनशीलताबाट प्रभावित भएर चलचित्र ‘भैरे’मार्फत नेपाली चलचित्र जगतमा उत्साहजनक प्रवेश गरेका निर्माता लेखबहादुर पुनः चलचित्र ‘भैरे’ लाई यस वर्षको सर्वाधिक लोकप्रिय चलचित्र बनाउन अहोरात्र खटिरहेका छन्  । 
 
चलचित्र भैरे सुपरहिट हुनेमा कुनै शंका नरहेको उनी दाबी गर्छन् । उनी भन्छन्, ‘चलचित्र ‘भैरे’को दुईवटा गीत रिलिज भइसकेको छ । जसलाई लाखौं दर्शकहरुले मन पराएका छन् । उत्कृष्ट गीतको कारण देश विदेशबाट समेत शुभकामना तथा बधाई आउनेक्रम जारी छ ।’
 
जसको कारण व्यवसायिक रूपमा चलचित्र ‘भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा निकै ठूलो बजार लिनेमा उनी ढुक्क छन् । नेपाली फिल्मदेखि हुरुक्कै हुने कार्यकारी निर्माता पुनः भन्छन् , ‘प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भैरे’ सुपरहिट हुनुमा सयौं कारण छन् । समसामयिक नेपाली परिवेशको जीवन्त प्रस्तुति, टिपिकल नेपाली भाषाको प्रयोग, उत्कृष्ट कथावस्तु एवं कथासँग मिल्ने स्थानको छनौट, नेपाली पहिरन, उत्कृष्ट गीत संगीतको संयोजन,अत्याधुनिक छायांकन प्रविधि, दर्जनौ चर्चित कलाकारहरुको उत्कृष्ट प्रस्तुतिले चलचित्र अझ बढी स्तरीय भएको छ ।’ 
 
आशा छ चलचित्र भैरेले संसारभर छरिएर रहेका नेपाली दर्शकहरुलाई भरपूर मनोरञ्जन गर्नेछ । नेपाली चलचित्र क्षेत्रमा निरन्तर लागिपर्ने उद्देश्यका साथ अगाडि आएका लेखबहादुर पुनः ‘डेनिम’ ले भविष्यमा नेपाली चलचित्र जगतमा दर्जनौं सुपरहिट चलचित्र दिने योजना बनाएका छन् । समयले साथ दिएमा उनी आगामी दिनहरूमा एक्लै चलचित्र बनाउने योजनामा छन् । 
 
चलचित्र ‘भैरे’ को निर्माणलगत्तै उनले नयाँ चलचित्रको दर्ता प्रकृया शुरु गरिसकेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको नाम  ‘ल ल छ छ’ जुराईएको छ । उक्त चलचित्रमा पनि उनले लगानी गर्ने भएका छन् । ‘भैरे’ को प्रदर्शनपछि लगत्तै उक्त चलचित्रको निर्माणमा लाग्ने उनले बताए । 
 
हाल उनी चलचित्र  ‘भैरे’ कै प्रचारप्रसारमा लागिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा स्तरीय सिनेमाहरु दिने उनको भविष्य अगामी यात्राले तय गर्नेछ ।