मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

वलिउड अभिनेता सलमान खानलाई पाँच वर्ष जेल सजाय

वलिउड अभिनेता सलमान खानलाई पाँच वर्ष जेल सजाय


राजस्थान (रासस / पिटीआई) । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । 
 
तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उनका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । 
 
करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो । 
 
सलमान खानले पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको अभियोजक महिपाल विस्नोइले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिए । 
 
अभिनेता सलमान खानलाई वन्यजन्तु संरक्षण ऐनको दफा ९ ९५१० अनुसार अधिकतम छ वर्षको जेल सजाय हुनेगरी दोषी ठहर गरिएको छ । 
 
मुद्दाउपर अन्तिम सुनुवाई गत मार्च महिनामा भए पनि प्रमुख न्यायाधीश देवकुमार खत्रीले निर्णयलाई तत्काल सार्वजनिक नगरी रोकेर राखेका थिए । 
 
सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी गाडीमा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए । सलमान खान बिहीबार कालो सर्टमा उनको सहयोगीसहित अदालत पुगेका थिए ।